स्पेनका तीन टोली क्वार्टरमा

लन्डन,२ चैत । स्पेनबाट सहभागी चारमध्ये तीन क्लब युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नकआउट चरण प्रवेश गरेका ती सबै चार टोलीमध्ये भ्यालेन्सिया मात्र अन्तिम आठमा प्रवेश गर्न असफल रह्यो । रियल म्याड्रिडले कठिन प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदा यात्रा कायम राख्ने अन्य दुई स्पेनिस क्लब बार्सिलोना र मालागाले दोस्रो लेगमा सानदार पुनरागमन गरे । एसी मिलानविरुद्धको ड्रमा पहिलो लेग २–० ले गुमाएको बार्सिलोना दोस्रोमा ४–० ले विजयी भएर क्वार्टरफाइनल पुग्यो । पूर्व च्याम्पियन एफसी पोर्टोविरुद्ध पहिलो लेग १–० ले गुमाएको मालागा दोस्रोमा २–० ले विजयी भएर अगाडि बढेको हो ।

क्वार्टरफाइनल पुग्ने अन्य पाँच टोलीमा साविक उपविजेतासमेत रहेको जर्मनीको बायर्न म्युनिखसँगै सोही देशको बोरुस्सिया डर्टमन्ड, टर्कीको गालासातारे, इटालीको युभेन्ट्स र फ्रान्सको पेरिस सेन्ट जर्मेन(पिएसजी) रहे । पछिल्ला तीन सिजनमध्ये दुईमा फाइनल पुगेको जर्मनीको बायर्न म्युनिख दोस्रो लेगमा आफ्नै मैदानमा २–० ले पराजित भए पनि अन्तिम आठमा प्रवेश गर्‍यो । पहिलो लेगमा बायर्न ३–१ ले विजयी भएको थियो । आर्सनलको बहिगर्मनसँगै यस संस्करणमा कुनै पनि इंग्लिस क्लब अन्तिम आठमा नरहने निश्चित भयो । साविक विजेतासमेत रहेको चेल्सीसँगै म्यानचेस्टर सिटी समूह चरणबाटै बाहिरएका थिए । प्रि–क्वार्टरमा युभेन्ट्सले समग्रमा स्कटीस क्लब सेल्टिकलाई ५–० ले हराएको थियो । गालासातारेले जर्मनीको साल्केलाई कठिन समीकरणमा निराश बनायो भने जर्मनीकै अर्को क्लब बोरुस्सियाले युक्रेनको साख्तर डोनेट्स्कविरुद्ध सहज जित हात पार्‍यो ।
स्टेभन डेफौरले ४९औँ मिनेटमा दोहोरो पहेलो कार्डपछि मैदानबाट बाहिरिनु पर्दा पोर्चुगलको एएफसी पोर्टो सम्भावित क्वार्टरफाइनल यात्राबाट चुक्न पुग्यो । ४३औँ मिनेटमा इस्कोको गोलमार्फत अग्रता लिएको मालागाले त्यसको ३० मिनेटपछि रुक सान्टा क्रुजमार्फत अग्रता दोब्बर बनाएको थियो । इस्कोले दोस्रो गोलमा अवसर सिर्जना गरेका थिए ।
लिओनेल मेसीले सानदार प्रर्दशन गरेपछि बार्सिलोना चामत्कारिक पुनरागमन गर्दै अन्तिम आठमा पं्रवेश गर्‍यो । नोउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोना ४–० ले विजयी भयो । मेसिले सुरुआती दुई गोल गरेपछि समग्रमा २–२ को स्थितिमा आइपुगेको बार्साका लागि त्यसपछि डेभिड भिल्ला र जोर्दी अल्बाले गोल थपेका थिए ।

प्रतिक्रिया