भद्रकालीमा पृतनापतिहरुको सम्मेलन

Nepal-Armyकाठमाडौं, १ चैत । नेपाली सेनाका पृतनापतिहरुको सम्मेलन आज देखि राजधानीमा सुरु भएको छ ।
सैनिक मुख्यालय भद्रकालीमा सुरु भएको सम्मेलन शुक्रबार सम्म चल्ने सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्मेलनले सेनालाई परेका समस्या र भावी योजनाहरु निर्माण गर्ने छ ।
पृतनापतिहरुको सम्मेलन प्रत्येक वर्ष नियमित कार्यक्रम अनुसारनै हुँदै आएको छ ।
सम्मेलनमा सेनाका अवकाश प्राप्त उपरथी देखि महारथीहरुलाई समेत आमन्त्रित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया