सौर्यकर्मी सम्मानित

रौतहट, १ चैत । विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने बाह्रलाई रौतहटमा सम्मानित गरिएको छ । इन्टरनेसनल बाल एकेडेमी स्कुलको तेस्रो वार्षिकोत्सवमा आयोजित समारोहमा जिल्लालाई चिनाउन योगदान दिने सञ्चारकर्मी, साहित्यकार, समाजसेवी, कानुन व्यवसायी, अधिकारकर्मी, शिक्षक र सुरक्षाकर्मीलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा सौर्य दैनिकका रौतहट सहकर्मी गौतम श्रेष्ठ, साहित्यकार सञ्जय साह मित्र, सञ्चारकर्मी रामपुकार राउत, मदन ठाकुर, महिला अधिकारकर्मी किरण ठाकुर र सन्जु बैठा छन् । यसैगरी, चालीस दिनमै रौतहटको सुरक्षा व्यवस्थामा आमूल परिवर्तन ल्याई जनताको विश्वास जित्न सफल रौतहटका एसपी गोविन्दराम परियार, सामाजिक कार्यकर्ता धर्मेन्द्र सिंह र पारस हुसेन, कानुन व्यवसायी शान्तिप्रसाद सुवेदी र राम सहाय यादव तथा तीन दशकभन्दा लामो समय शिक्षण पेसामा संलग्न चन्द्रशेखर ठाकुरलाई सम्मानित गरिएको छ । जिल्लाका विभिन्न खबरलाई प्रमुखताका साथ सम्प्रेषण गरेकामा सञ्चारकर्मीलाई सम्मानित गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया