मकवानपुरमा २६ जना बन्दकर्ता पक्राउ

makwanpurहेटौंडा, २३ फागुन । मकवानपुर जिल्लामा बन्दका क्रममा विभिन्न उद्योग र सवारी साधनमा क्षति पुराउने नेकपा–माओवादीसहित पाँच साना दलका झण्डै दुई दर्जन समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौंडा औंद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योग तोडफोड गर्ने २६ बन्द समर्थकलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नेकपा–माओवादी निकट मजदुर संगठनका अध्यक्ष कृष्णराज कोइराला र नेकपा (माओवादी) मात्रिका यादव समूहका गोकुल दाहालसमेत रहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
बन्दका कारण मकवानपुरका सम्पूर्ण व्यवसायिक प्रतिष्ठान, विद्यालय, बजार, यातायात पूर्ण रुपमा बन्द छन् ।
बन्दको अवज्ञा गरेको भन्दै नेकपा–माओवादीका समर्थकले केही समवारी साधनमा तोडफोड पनि गरिदिएका छन् ।

प्रतिक्रिया