‘न्यायालयमा अपांग न्यायाधीश चाहियो’

disकाठमाडौ, २२ फागुण । राज्यका हरेक निकायमा समावेशी प्रतिनिधित्वको माग उठिरहेका बेला न्यायालयमा अपाङ्गहरुको क्षमता र योग्यताको आधारमा न्यायाधीश नियुक्त गरिनुपर्ने माग उठेको छ ।
अपांगतासम्बन्धि विभिन्न संस्थाका प्रतिनिधिहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी अपांगता भएका व्यक्तिलाई न्यायाधीश नियुक्त गरिनुपर्ने माग गरेका हुन् । उनीहरुले आफ्नो मागको वेवास्ता गरिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । नेपाल अपाङ संघ, खगेन्द्र नवजीवन केन्द्र जोरपाटी, अपाङग पुर्नस्थापना केन्द्र गोकर्ण, नेपाल स्पाईनल कर्ड ईन्जुरी खेलकुद संघ जोरपाटी, स्वास्थ्य, शिक्षा तथा अपाङ पुर्नस्थापना केन्द्र गोकर्ण, लक्कि राई प्रतिष्ठान, नेपाल मानवअधिकार समाज बौद्धलगायतका संस्थाले न्यायालयमा प्रतिनिधित्वको माग गरेका हुन् ।
यूवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले सरकारले अपाङ्गता भएका ब्यक्तिलाई राज्यका सबै निकायमा प्रतिनिधित्व गराउने भनेपनि अहिलेसम्म कार्यान्वयन नभएको गुनासो गरे । व्हिलचेयर क्लबका अध्यक्ष ढुण्डिराज चालिसेले अपाङ्गता भएका व्यक्तिलाले दान नभई क्षमता र योग्यताको आधारमा भूमिका खोजेको स्पष्ट पार्दै माग पुरा नगरे ३० लाख अपाङ्ग सडकमा उत्रिने चेतावनी दिए ।

प्रतिक्रिया