दुर्घटनामा एक ज्यानको मृत्यु

गुल्मी, २१ फागुन । सदरमुकाम तम्घास नजिकै रहेको बलिथुम गाविसमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
आइतवार राती भएको मोटरसाईकल दुर्घटनामा तम्घास–४ का मोहन भलामीको ज्यान गएको प्रहरीले जनाएको छ ।
बलिथुमबाट तम्घास आउँदै गरेको लु ६ प ३१४८ नम्बरको मोटरसाईकल बलिथुम–९ को बाच्छाखाने भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकलमा सवार मुकेश राना पनि समान्य घाईते भएका छन् ।

प्रतिक्रिया