विफल प्रतियोगिता सम्पन्न

काठमाडौ : एपिएफको मैदानमा शनिबार एक दिवसीय ‘पाँचौँ अन्तरविद्यालय विफल बल प्रतियोगिता’ सम्पन्न भयो । प्रतियोगितामा नाइटिंगल स्कुल पहिलो भयो । आदर्श विद्या मन्दिर दोस्रो र एम्ब्रेसिया आइडल स्कुल तेस्रो भए । युनाइटेड स्कुल प्लेट च्याम्पियन भयो ।
प्रतियोगिताका विजयी टिमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले पुरस्कार प्रदान गरे । प्रतियोगितामा नाइटिंगल स्कुल, आदर्श विद्या मन्दिर, एम्ब्रेसिया आइडल स्कुल, युनाइटेड स्कुल, रेडियन स्कुल, शुभतारा स्कुल, बाबा बोर्डिङ स्कुल र ज्ञानोदय स्कुलको सहभागिता रहेको थियो । (सौस)

प्रतिक्रिया