पूर्व युवराज पारस शाहको होस खुल्यो

paras-shaha

काठमाडौं, १९ फागुन । बैंककमा हृदयघातको उपचार गराई रहेका पूर्व युवराज पारस शाहको झण्डै दुई साता पछि होस खुलेको छ ।
पूर्व युवराज पारसलाई हृदयघात भएपछि फागुन–८ गते अस्पताल भर्ना गरिएको थियो । होस खुले पनि पूर्व युवराज पारसलाई भेन्टिलेटरमै राखेर उपचार गरिएको अस्पतालका कार्डियोलोजिस्ट डा.माना चान्डाभिमोलले जानकारी दिए ।
समितिभेज अस्पतालले आज विज्ञप्ति जारी गरेर पूर्व युवराज पारसको होस खुलेको जनाएको हो । ‘पारस शाहको होस खुलेको र मान्छे चिन्न सक्ने अवस्थामा हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
पूर्व युवराज पारसको स्वास्थ्य अवस्था नाजुक हुँदै गए पछि पूर्व राजा एवं बाबु ज्ञानेन्द्र शाहसहित सबै परिवार बैंककमा पुगेको छ ।
उनको स्वास्थ्यमा सुधार आएको समाचार पाएका समर्थक र शुभेच्छुकले खुसी मनाएका छन् ।
उता, दोलखामा समर्थकले पूर्व युवराजको स्वास्थ्य लाभको कामनासहित भीमेश्वर मन्दिरमा पुजाअर्चना गरेका छन् । राष्ट्रिय झण्डा र पूर्व युवराज पारसको फोटोसहित पुगेका समर्थकले मन्दिरमा पुजा गरेका हुन् ।
भीमेश्वरको मूर्तिमा पसिना आउँदा राजपरिवारमा विपत्ति आईपर्ने विश्वास रहि आएको छ ।

प्रतिक्रिया