जिल्लाकै सर्वाधिक धनराशिको अन्तरकलेज नकआउट फुटबल प्रतियोगिता हुने

खेलकुद सप्ताह सम्पन्न
काठमाडौं : एपिएफ स्कुल कीर्तिपुरको आयोजनामा ‘वार्षिक खेलकुद दिवस ’ शुक्रबार सम्पन्न भयो । एथलेटिक्स, ब्याडमिन्टन, तेक्वान्दो, टेवल टेनिस, फुटबल, भलिबल, चेसलगायतका विविध खेलकुद गतिविधिहरू समेटर आयोजना गरिएको खेलकुद सप्ताह समापनको अवसरमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज पन्त तथा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती रमा पन्तले विजयी छात्रछात्राहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । (सौस)

जिल्लाकै सर्वाधिक धनराशिको अन्तरकलेज नकआउट फुटबल प्रतियोगिता हुने
चितवन : चितवनमा पहिलोपटक जिल्लाकै सर्वाधिक धनराशिको अन्तरकलेज जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । खानी हत्याकाण्डका सहिदहरूको स्मृतिमा ऐतिहासिक सहि दसप्ताह पारेर आइतबार प्रतियोगिता सुरु हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी जिल्ला समिति चितवनले आयोजना गर्ने प्रतियोगितामा उपाधि विजेताले ५० हजार र दोस्रोले ३० हजार रुपियाा पुरस्कार पाउनेछन् ।
यसैगरी उत्कृष्ट गोलकिपरलाई ५ हजार, अनुशासित टिमलाई ५ हजार, उत्कृष्ट खेलाडीलाई ५ हजार र सर्वाधिक गोलकर्तालाई ५ हजार रुपियाा प्रदान गरिनेछ । चितवनको पुरानो वीरेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा हुने खेलमा यो पटकको प्रतियोगितामा १६ वटा कलेजहरूले भाग लिने आयोजकले बताएका छन् । गतवर्ष मेडिकल एन्ड टेक्निकल कलेजले प्रथम स्थान पाएको थियो । (सौस)

प्रतिक्रिया