विद्यार्थी बोकेको बसमा आगजनी

Goldenget Busकाठमाडौं, १७ फागुन । काठमाडौंको स्वयंभूमा अज्ञात समूहले विद्यार्थी बोकेको गोल्डेनगेट कलेज बसमा आगजनी गरेको छ ।
मोटरसाईकलमा आएको अज्ञात समूहले आज विहान स्वयभूस्थित सानो भर्‍याङमा बस रोकेर आगजनी गरेको महानगरीय प्रहरीले जनाएको छ । सो समूहले आगजनी गर्नु अघि बसमा रहेका विद्यार्थीलाई बाहिर निकालेका थिए ।
वानेश्वरस्थित गोल्डेनगेट कलेजको सो बसले विद्यार्थी लिएर जाँदै गरेको थियो ।
एमाओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले बसमा आगजनी गरेको प्रहरीले अनुमान गरेको छ । गोल्डेनगेट कलेजमा युनियन गठन गर्न खोज्दा प्रशासनसँग विवाद भएपछि अखिल क्रान्तिकारीले भौतिक आक्रमणको चेतावनी दिँदै आएको थियो ।

प्रतिक्रिया