ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

कैलाली, १५ फागुन । कैलालीको चौमालामा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
चौमाला–४, कुचैनीमा स्थानीय अर्जुन गुरुङका १० वर्षीय छोरा गोपी गुरुङलाई से १ त नम्बरको टयाक्टर ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गोपी विद्यालयबाट घर फर्कीरहेका समयमा ट्याक्टरले ठक्कर दिएको थियो । ठक्कर दिने ट्याक्टरसहित चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सौर्य

प्रतिक्रिया