आर्चरी कोर्सनिम्ति गुरुङ बैंककतिर

काठमाडौं : एएएफ कोचिङ कन्डक्टर्स कोर्समा सहभागी हुन नेपाल आर्चरी संघका महासचिव दीपकराज गुरुङ सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । विश्व आर्चरी महासंघको आयोजनामा हुने उक्त कोर्स फेब्रुअरी ५ देखि मार्च ७ तारिखसम्म चल्नेछ । सन् २००७ देखि राष्ट्रिय टिमलाई प्रशिक्षण दिइरहेका गुरुङ आइओसीबाट मान्यता प्राप्त लेभल–२ आर्चरी प्रशिक्षक हुन् । संघका अध्यक्ष लक्ष्मण श्रेष्ठले गुरुङको सहभागिताले नेपालमै नयाँ प्रशिक्षकलाई सिकाउन सहज हुनुका साथै प्रशिक्षक संख्या वृद्धि गर्नमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । (सौस)

प्रतिक्रिया