जितबहादुरलाई सम्मान

nnipaकाठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जितबहादुर केसीलाई आदर्श खेल व्यक्तित्व– २०६८ बाट आइतबार सम्मान गरेको छ ।
एनएनआइपिए वर्ष उत्कृष्ट खेलाडी– २०६८ अवार्ड वितरण कार्यक्रममा खेलाडी संघले केसीलाई ३० हजारसहित कदरपत्र प्रदान गर्‍यो । यो विधा गत वर्षदेखि थपिएको हो । यसै वर्षदेखि उक्त अवार्डका लागि खेलाडी संघ र गजराज ट्रस्टबीच चार वर्षका लागि प्रायोजनसम्बन्धी सम्झौता पत्रमा शनिबार हस्ताक्षर भएको थियो । समग्रमा अवार्डको यो सातौँ संस्करण हो । अघिल्लो वर्ष उक्त सम्मान नेपाली प्रथम ओलम्पियनमध्ये दिवंगत भूपेन्द्र सिलवाललाई प्रदान गरिएको थियो ।
त्यस्तै, वर्षभरको प्रदर्शनको आधारमा संघले विभिन्न २२ खेलका त्यत्तिनै खेलाडीलाई एनएनआइपिए वर्ष उत्कृष्ट खेलाडी– २०६८ अवार्ड प्रदान गरेको छ ।
अवार्ड पाउनेमा बक्सिङका दीपक महर्जन, तेक्वान्दोकी आयशा शाक्य, करातेकी गंगादेवी अधिकारी, फुटबलका सागर थापा, जुडोका सरोज महर्जन, पौडीकी श्रेया धिताल, स्क्वासका हीराबहादुर थापा, शारीरिक सुगठनका श्याम श्रेष्ठ, भलिबलकी कोपिला उप्रेती, टेबलटेनिसकी नविता श्रेष्ठ, भारत्तोलनका अनिल मल्ल, एथलेटिक्सका तिलकराम थारू, सफ्ट टेनिसका सोहन धौभडेल, साइक्लिङका अजय पण्डित क्षेत्री, ह्यान्डबलका प्रवीण ओझा, आर्चरीकी कृष्णमाया स्याङ्तेन, तेक्वान्दो युनियनकी नम्रता तुलाधर, कबड्डीकी संगीता गौतम, जिम्न्यास्टिककी पिंकी झाङ, फुलकन्ट्याक्ट करातेका कान्छालाल वाइबा, कुस्तीका वैजनाथ यादव तथा आइटिएफ तेक्वान्दोका चाउची डंगोल रहेका छन् ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, खेलाडी संघका अध्यक्ष दीपक विष्ट तथा महासचिव दीपक श्रेष्ठले खादा, प्रशंसा पत्र र ट्रफी प्रदान गरी सम्मान गरे । (सौस)

प्रतिक्रिया