हिमालयन शेर्पा सेमिफाइनलमा

himalayan-sherpa1वीरगन्ज, २ फागुन । हिमालयन शेर्पा क्लब, बाराको सिमरामा जारी म्याजिक मोमेन्ट सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा पोखराको सहारा क्लबलाई १–० ले पराजित गर्दै हिमालयनले अन्तिम चारमा स्थान पक्का गरेको हो । युवा खेलाडी हेमन गुरुङले ६९आँै मिनेटमा निर्णायक गोल गरे । उनले करिब ३५ यार्डको दूरीबाट गरेको बल साहराका सुमन गुरुङको ढाडमा छोएर गोलरक्षक विशाल श्रेष्ठको अगाडि ‘ड्रप’भै उनलाई नै नाघेर गोलपोस्ट नाघेको थियो । पहिलो हाफको दोस्रो मिनेटमै हिमालयन शेर्पा गोलको नजिक पुगेको थियो । नेपाली राष्ट्रिय टोलीबाट भर्खरै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु भएका गणेश खड्काले पुकार गहतराजको सटिक पासमा ‘डीबक्सएज’बाट उनको ट्रेडमार्क सर्ट प्रहार गरे पनि उनको प्रहार पोस्टको छेवैबाट बाहिरियो । पहिलो हाफमा हिमालयनले अनय केही अबसर गुमाएको थियो ।

साहराले पनि केही अवसर पाएको थियो । १४औँ मिनेटमा यु–१७ नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले ‘डी’बक्स भित्र पाएको अवसर सदुपयोग गर्न सकेनन् । गोल रक्षकसमेत लडेको अवस्थालाई अनिलले सदुपयोग गर्न नसक्दा हिमालयनका डिफेन्डर सचिन्द्र धिमालले बल क्लियर गर्दै हिमालयनलाई जोगाएका थिए । पहिलो हाफको १९औँ मिनेटमा अनिल गुरुङकै गल्तीमा सहाराले अर्को अवसर गुमाएको थियो । सन्नि लामाले प्रहार गरेको कर्नर किकलाई हिमालयनको पेनाल्टी एरियाबाट अनिलले पोस्टको गति दिन सकेनन् ।
दोस्रो हाफको चौथो मिनेटमै राम्रो अवसर खेर फालेका सहाराका उमेशले नवौँ मिनेटमा अर्को मौकाको सदुपयोग गर्न सकेनन् । दोस्रो हाफको नवौँ मिनेटमा हिमालयनको ‘डी’बक्समा उमेशले गोलरक्षक सँगको वन भर्सेज वनको स्थितिलाई सदुपयोग गर्न सकेनन् । आपैँmले क्लियर गनुपर्ने बल उनले अनिल गुरुङलाई दिएका थिए । उमेशको पासलाई सम्हाल्न नसकेका अनिल गुरुङ ‘डी’बक्समा लडेपछि हिमालयनका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरे । प्रेmन्ड्स विरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका जसबहादुर राईलाई हिमालयनले दोस्रो हाफको १५औँ मिनेटमा मात्र मैदान प्रवेश गराइए । सोमबारको खेलमा मैदानमा उत्रिएका एक मात्र अफ्रिकी खेलाडीलाई परिवर्तन गर्दै जसबहादुर राईलाई प्रवेश गराएपछि हिमालयनको खेलमा सुधार भएको थियो । मैदानमा प्रवेश गरेको चौथो मिनेटमै जसबहादुरले दिएको उत्कृष्ट पास गणेशले उपयोग गर्न सकेनन् । हिमालयनका स्ट्राइकर गणेश खड्काले सहाराका गोलरक्षक विनय श्रेष्ठसँग वन भर्सेज वनको स्थितिमा गोल गर्न सकेनन् । त्यसको ३ मिनेटपछि दोस्रो हाफको ४२औँ मिनेटमा सहाराका हेम तामाङले अर्को अवसर खेर फाले । ‘डी’बक्स भित्रबाट खाली पोस्टमा हानेको बल क्रसबार माथि गयो । सहाराका प्रशिक्षक किरण श्रेष्ठले टिम फर्मेसनमा कमजोरी रहेको बताए । सबै खेलाडीले राम्रो खेले पनि आपसी तालमेल नमिल्दा पराजय बेहोर्नु परेको उनको भनाइ थियो । गोलरक्षकको गल्तीका कारण १–० ले पराजित भएको बताउँदै प्रशिक्षक किरण श्रेष्ठले गोलरक्षक विशाल श्रेष्ठले हिमालयनका हेमनले टाढाबाट गरेको प्रहारलाई गम्भीरताका साथ नलिएको बताए । म्याजिक मोमेन्ट्स सिमरा गोल्डकपको अघिल्लो संस्करण र आहा गोल्डकपको पल्छिलो संस्करणमा सहारासँग बेहोरेको पराजयको बदला लिँदै सेमिफाइनलमा प्रवेश गरेको हिमालयनका प्रशिक्षक मेघराज केसीले सहाराका खेलाडीहरूले मिहिनेत गरेको प्रतिक्रिया दिए । हिमालयनका खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको उल्लेख गर्दै केसीले सेमिफाइनलमा अझ कडा मिहिनेत गर्नुपर्ने बताए । हिमालयन शेर्पाका लागि निर्णयक गोल गरेका हेमन गुरुङ नै मंगलबारको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल मच्छिन्द्र र साविक विजेता मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल प्रवेशका लागि हिमालयन शेर्पाले बिहीबार संकटा क्लबको सामना गर्नेछ ।

प्रतिक्रिया