दाहालको राजनीतिक प्रतिवेदन पारित

maoistहेटौँडा,२५ माघ । एमाओवादीको हेटौँडामा जारी सातौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र पार्टीको दस्तावेजलाई आज पारित गरेको छ ।
माघ–२१ गते बाट सुरु भएको बन्द सत्रमा प्रस्तुत गरिएको प्रतिवेदनलाई संशोधनसहित पारित गरिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । बिभिन्न ६३ वटा समूह बनाई अध्यक्षको प्रतिवेदनमा छलफल गरिएको थियो ।
आजको बन्द सत्रको सुरुवातमै अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनमा उठेका जिज्ञासाको जवाफ दिएका थिए ।
यसैबीच, अध्यक्ष दाहालले अहिलेको महाधिवेशन संक्रमणकालीन भएको बताउँदै महाधिवेशनबाट संक्रमणकालको अन्त्य गर्ने बताएका छन् । उनले महाधिवेशनको म्याण्डेट अनुसार राजनीतिक कार्यदिशा बनाउने बताए ।
प्रचण्डपथलाई क्रन्तिको समग्रतालाई मूल्याङ्कन गरेर माक्सवाद, लेलिनवाद र माओवादको सिद्धान्तमा अघि बढ्ने पनि प्रवक्ता सापकोटाले जानकारी दिए ।
जनवादी केन्द्रीयताको सिद्धान्तलाई २१ औँ शताव्दी अनुसार विकास गर्ने तथा एकता, सघर्ष र रुपान्तरणमा जोड दिने नीति रहेको एमाओवादीले जनाएको छ ।
राष्ट्रियताका सम्बन्धमा अहिले सम्म भएका सबै सन्धी सम्झौतालाई खारेज गर्दै नयाँ सन्धी सम्झौंता गर्ने एमाओवादीले नीति लिएको छ ।
विप्पा सम्झौताले राष्ट्रिय पूँजीमा कुनै प्रभाव नपार्ने भन्दै एमाओवादीले मुलुकलाई प्रभाव पर्ने अवस्था आए घरेलु नीति नियम बनाएर अधि बढ्ने उल्लेख गरेको छ ।
महाधिवेशनले बहालवाला प्रधानन्यायाधीशको नेतृत्तवमा सरकार निमार्ण गर्ने र जेठमा चुनाव गराउने निर्णय लिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
सातौं महाधिवेशनले एक सय ५१ सदस्य केन्द्रीय समिति बनाउने र त्यसमा नअटेका अन्यलाई बैकल्पीक सदस्यको रुपमा राखिने सापकोटाले बताए ।
निर्वाचनका लागि पुलानन्द गिरीको संयोजकत्वमा सात सदस्सीय निर्वाचन मण्डल गठन गरिएको छ ।
माघ–२० वाट हेटौँडामा सुरु भएको सातौँ राष्ट्रिय महाधिवेसनमा करीव ३५ सय प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया