कुटपिटबाट श्याम नेपालीको मृत्यु

काठमाडौं, २१ माघ । काठमाडौंमा अपरिचित समूहको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
शनिबार राति बाङगेमुढामा अपरिचित ब्यक्तिले कुटपिट गर्दा घाइते भएका २८ वर्षीय श्याम नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ छत्रेदेउराली स्थायी घर भएका श्याम हाल बाङगेमुढामा बस्दै आएका थिए ।
कुटपिटबाट गम्भीर घाईते श्यामलाई उनकी बहिनी गीता नेपालीले तत्काल उपचारका लागि वीर अस्पताल लगेकेकी थिईन । कुटपिट गर्ने समूहको खोजतलास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया