भारत लैजान लागिएका गाई नियन्त्रणमा

Gai-Rautahaरौतहट, ७ माघ । तस्करी गरेर भारत तर्फ लैजादै गरिएका ४९ गाई र गोरुलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्करी गरेर भारत तर्फ लैजाँदै गरेको सूचना पाएर पुगेको प्रहरीले ब्रह्मपुरीबाट शनिबार राति गाई र गोरु नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक महेश विक्रम शाहले जानकारी दिए । पक्राउ परेकामा ४७ गोरु र २ वटा गाई छन् ।
मासुका लागि नेपाली गाई र गोरु भारतमा तस्करी गरेर तस्करहरुले लैजाने गरेको प्रहरी भनाई छ । प्रहरी उपरीक्षक शाहले तस्करहरुले समय अनुकुल मिलाएर गाई र गोरु तस्करी गर्न खोजे पनि प्रहरीको सक्रियता बढाएकाले तस्करी केही कम भएको बताए ।
यस अघि पनि रौतहट जिल्लामा तस्करी गरेर भारत लैजान लागेका गाई र गोरु प्रहरीले नियन्त्रणमा लिएर उद्दार गरिसकेको छ ।

प्रतिक्रिया