थ्री–स्टारद्वारा गोलवर्षा

काठमाडौं, १६ पुस । रानीपोखरी कर्नर टिम (आरसिटी) को सात खेलको अपराजित यात्रा टुंग्याएको बाँसवारी क्लबलाई आइतबार ६–० ले पराजित गर्दै शीर्षस्थानको थ्री–स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पाँच अंकको अग्रता कायम गरेको छ । यता, आइतबार नै भएको अर्को खेलमा हिमालयन शेर्पालाई १–० ले पराजित गर्दै प्रेmन्ड्सले समग्रमा दोस्रो जितका साथ सुपर एट पुग्ने सम्भावना केही सहज बनाएको छ ।

१०औँ चरणको खेल खेल्ने क्रममा थ्री–स्टार सन्तोष शाहुखल, विजय गुरुङ र फेमी जोसुआको दुई/दुई गोलको योगदानपछि फराकिलो जित निकाल्न सफल भएको हो । दोस्रो हाफमा थ्री–स्टारले चार गोल थपेको थियो ।
१० खेलपछि थ्री–स्टारको २५ अंक छ भने ९ खेल खेलेका आरसिटी र मच्छिन्द्र क्लबको समान २० अंक छ । फेमीको पासमा ३१औँ मिनेटमा गोल गर्दै साहुखलले थ्री–स्टारलाई अग्रता दिलाएका थिए ।
जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका फेमीले पहिलो हाफको इन्जुरी समयमा हेडमार्फत गोल गरी मध्याह्नअघि थ्री–स्टारलाई २–० ले अगाडि राखे । दोस्रो हाफमा थप कमजोर देखिएको बाँसवारीविरुद्ध ४७औँ मिनेटमा विजयले गोल गरे । ६८, ७३ र ८४औँ मिनेटमा थ्री–स्टारले थप गोल गरेको हो । सरस्वती क्लबसँग हार्नु र मच्छिन्द्र क्लबसँग बराबरीमा रोकिनुबाहेक जारी लिगमा
थ्री–स्टार खेलिएका सबै खेलमा विजयी भएको छ । व्यक्तिगत गोल संख्या ११ पुर्‍याएका सन्तोष शाहुखल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा छन् । उनीभन्दा पछि नेपाल आर्मीका भरत खवास नौ गोलसहित दोस्रोमा छन् । शनिबार आरसिटीविरुद्ध दुई गोल गरी भरत शाहुखलसँगै शीर्षस्थानमा रहेका थिए ।
जारी प्रतियोगितामा ६ खेलमा बराबरीमा चित्त बुझाएको फ्रेन्ड्सलाई दोस्रो जित दिलाउने क्रममा विदेशी खेलाडी औमारले निर्णायक गोल गरे । ३२औँ मिनेटमा निराजन खड्काले दायाँ फ्लान्कबाट गरेको क्रसमा औमारले गरेको प्रहार क्रसबारमा लाग्दै गोल भएको थियो । यसअघि प्रेmन्ड्सले संकटालाई मात्र पराजित गरेको थियो ।
गत सिजन आफ्नो क्लबबाट खेलेका सागर थापा र जगजित श्रेष्ठको टिम फ्रेन्ड्सविरुद्ध हिमालयनले सुरुआती अवसर पाएको थियो । १८औँ मिनेटमा जेरार्डले राम्रो बल निकाले पनि बल गोलकिपरको हातमा पुग्नुअघि गणेश खड्का र जाम्बु शेर्पाबाट ठूलो गल्ती भयो । खेलभर हिमालयनले राम्रो प्रदर्शन गरे पनि उसको फिनिसिङ भने कमजोर रह्यो । यता यसअघिका खेलमा जस्तै प्रेmन्ड्सले नीरस प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया