ल्होसार मिछो धनुषवाण कुमारको अग्रता कायमै

काठमाडौं : दोस्रो ल्होसार मिछो धनुषवाण प्रतियोगिताको तेस्रो दिन बिहीबार पनि व्यक्तिगत स्पर्धामा म्याग्दी मगर समाजका कुमार पाइजाले अग्रता कायम राख्न सफल भएका छन् । अघिल्लो दुई दिन १७ अंक बनाएका उनले बिहीबार पनि उत्कृष्ट निसाना लगाएर तीन अंक थप्दै समग्रमा २० अंक बनाउन सफल भएका हुन् । त्यस्तै उनलाई पछ्याएका आयोजक मनाङ–मस्र्याङ्दी क्लबका नोर्बु गुरुङ तेस्रो दिन पनि दोस्रो स्थानमा कायम रहे । उनले तेस्रो दिन एक अंक थपेर नौ अंक बनाएका हुन् । यसअघि अघिल्लो दुई दिनमा उनले आठ अंक बनाएका थिए ।
मनाङ मस्र्याङ्दी क्लबको आयोजनामा विशाल मल्टी स्पोर्टस् मित्रनगर नयाँबसपार्कमा सञ्चालन भएको खेलमा नोर्बुलाई उनकै क्लब मनाङ–मस्र्याङ्दीका चित्रलाल हिराचनले बिहीबार पनि पछ्याएका छन् । उनले बिहीबार एक अंक थपेर नोर्बु भन्दा एक अंकले पछि रहेका हुन् । पहिलो दिन हिराचनले ३ अंक बनाएका थिए भने दोस्रो दिन उत्कृष्ट निशानाका साथ ४ अंक बनाएका थिए । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ । (सौस)

प्रतिक्रिया