सूर्य नेपाल इस्टर्न ओपन गोल्फ आजदेखि

काठमाडौं, १० पुस । सूर्य नेपाल गोल्फ टुर २०१२/१३ अन्तर्गत सिजनको सातौँ प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि धरानमा सुरु हँुदै छ । निर्वाण कन्ट्री क्लब हेल्थ एन्ड गोल्फ रिसोर्टमा सञ्चालन हुने यस प्रतियोगिता स्ट्रोक प्ले फम्र्याटका आधारमा ७२ होलमा खेलाइनेछ । ६ स्थानीयसहित ३२ प्रोफेसनल सहभागी हुने यो प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका विजेताले ८८ हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपियाँ प्राप्त गर्नेछन् । गत संस्करण शिवराम श्रेष्ठले जितेका थिए । यो प्रतियोगितासँगै नेपालको पूर्वी क्षेत्रमा गोल्फ खेल्न थालेको ५० वर्ष पूरा हुँदै छ । निर्वाण कोर्सको निर्माण सन् १९६२ मा भएको थियो ।

प्रतिक्रिया