बाह्र करोडको कारोबार

कैलाली : सुदूरपश्चिम महोत्सवमा १२ करोड रुपियाँको कारोबार भएको छ । २२ मंरिदेखि धनगढीमा सुरु भएको महोत्सवमा सात लाखले अवलोकन गरेको आयोजकले बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष धनगढीमा यस्तो महोत्सव सञ्चालन गर्दै आएको छ । यो महोत्सव सातौँ संस्करण हो । सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योगलगायत विकासका लागि सरकारलाई दबाब दिने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ ।

महोत्सवमा अघिल्लो वर्षभन्दा दुई करोडले बढी कारोबार भएको उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र विष्टले बताए । विभिन्न स्टल र रमाइलो मेलाबाट १२ करोडको कारोबार भएको उनले बताए । महोत्सव अवधिभर ४० लाख रुपियाँको टिकट बिक्री र गाडी पार्किङबाट एक लाख ६५ हजार संकलन भएको आयोजकले जनाएको छ । महोत्सवमा सबैभन्दा बढी दुई करोड २७ लाख रुपियाँ कारोबार भएको थियो । सो दिन टिकट मात्रै १० लाख रुपियाँको बिक्री भएको थियो । गत वर्ष १० करोड रुपियाँको कारोबार भएको थियो । (सौस)

प्रतिक्रिया