आर्मी र मध्यमाञ्चल टिम विजय

कैलाली, २ पुस । धनगढी रंगशालामा भइरहेको प्रथम राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपाल आर्मीको त्रिभुवन टिम र मध्यमाञ्चल टिम विजय भएको छ । पहिलो चरणमा भएको खेलमा आर्मीले पश्चिमाञ्चललाई १४–० ले हरायो । अर्को खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ५–२ ले पराजित गर्‍यो ।

विभागीय आर्मी टिमकी आमचली वाइवाले ५ गोल, दीपा अधिकारीले ४ गोल तथा कृष्णा खत्रीले ३ गोल गरी हयाट्रिक गरेकी थिइन् । यसैगरी, कल्पना कार्की र शर्मिला थापाले एक/एक गोल गरे । मध्यमाञ्चललाई जित दिलाउने क्रममा सपना लामाले ३ गोल गरिन् भने रोशनी रखालले २ गोल गरिन् । उता पूर्वाञ्चलकी संरचना प्रधान र सपना राईले एक/एक गोल गरेकी थिइन् ।
‘हाम्रो गोल : महिला हिंसाविरुद्धको बोल’ भन्ने नारासहित अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा कैलाली जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबार एपिएफ र मध्यपश्चिमाञ्चल टिम तथा दोस्रो खेल घरेलु टिम सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल टिमबीच हुनेछ ।

प्रतिक्रिया