‘माइक समाउँदा नर्भस हुन्थेँ’

वक्तृत्वकला मैले बाल्यकालदेखि सिक्दै आएको होइन । धेरै बोल्ने स्वभावको थिइनँ । स्कुलमा त वक्तृत्वकलामा कहिल्यै भाग लिइनँ । ०५१ सालपछि मात्रै स्टेजमा बोल्न थालेको हुँ ।
एकचोटि स्टेजमा उद्घोषण गर्नुपरेपछि बिस्तारै मलाई भाषण गर्न आत्मविश्वास बढ्यो । भाषणको रस बस्यो । सुरुमा त उद्घोषण मात्रै पनि साह्रै गाह्रो लाग्थ्यो । रसियन कल्चर सेन्टरले एउटा कार्यक्रम आयोजना गरेको थियो । गिरिजाप्रसाद कोइराला र किसुनजी अतिथि हुनुहुन्थ्यो । उहाँहरू ढोकाबाट छिर्नासाथ ढुक्क मुटु फुलेको थियो मेरो त । मैले ‘बोल्न सक्दिनँ’ भनेर साथीलाई माइक छोडिदिएँ तर कसैले मानेनन् । तँैले नै गर्नुपर्छ भनेर पन्छिहाले । अब नगरी सुख र † डराउँदैडराउँदै माइक समातेँ । सुरुमा त यति नर्भस भएँ कि मुखबाट के–के शब्द निस्केनिस्के, आपैँmलाई थाहा नहुने । करिब तीन घण्टा चल्यो कार्यक्रम । अन्तिमतिर आइपुग्दा त नर्भसनेस हराइसकेको थियो । कहिल्यै माइक फेस नगरेको मान्छेले एकैपटक कार्यक्रम चलाए पनि राम्रैसँग सम्पन्न भयो । कार्यक्रम सकिएपछि साथीहरूले बधाई दिए । ‘राम्रोसँग उद्घोषण गरिस्’ भनेर स्याबासी पनि पाएँ । त्यही बेलादेखि स्टेजमा लत बस्यो । बिस्तारै भाषणमा पनि तानिन थालेँ ।
पढ्ने बानीचाहिँ पहिल्यैदेखि थियो । कार्यक्रममा बोल्नुपरे तयारी गरेर जान्थेँ । सायद त्यसैको प्रभाव होला, आफूले बोलेको कुरा दर्शकश्रोताले ध्यान दिएभैँm लाग्न थाल्यो । माइकअघि उभिने रहर अझ जाग्न थाल्यो । अहिले पनि आफूले बोल्ने विषयबारे पूर्वजानकारी लिएर तयारी गर्ने मेरो बानी छ । तीन महिनासम्म तयारी गरेर पाँच मिनेटको भाषण गरेको उदाहरण पनि छ मसँग । कहिलेकाहीँ भने परिस्थिति फरक हुन्छ । राजनीतिक कार्यक्रमहरूमा अपर्झट पनि भाषण गर्नुपर्ने हुन्छ । त्यस्तो परिस्थितिमा अघिल्ला वक्ताको भाषण सुन्दासुन्दै आफूले बोल्ने विषयको फ्रेम बनाइहाल्छु ।
प्राय: एकदेखि डेढ घण्टासम्म भाषण गर्ने तयारी गरेर पूर्वनिर्धारित कार्यक्रममा वक्ताका रूपमा जाने मेरो बानी छ । नेता न परेँ, कहिलेकाँही मौका मिल्दा तीन घण्टासम्म लगातार भाषण गरेको उदाहरण पनि छ । एकपटक गुल्मीमा जाँदा मैले लामो भाषण गरेको थिएँ । छोटो भाषणचाहिँ पछिल्लोपटक खुलामञ्चमा काँग्रेसको आमसभामा भयो । उद्घोषकले तीन मिनेट मात्रै बोल्ने समय तोक्दा पनि आफ्ना कुरा नसकिएर पाँच मिनेट बोलेँ । भाषण गर्दै जाँदा दर्शकश्रोतासँग भएको आइकन्ट्याक्ट र उनीहरूसँग संवाद गरिरहेको महसुस हुँदा आवेग आपैँm बढ्दै जान्छ । शब्दहरू पनि आपैँm फुर्दै जाने रै’छ । अनि, लगातार बोलिरहन मन लाग्छ ।
भाषणकला त मान्छेभित्रको ज्ञानलाई प्रस्तुत गर्ने एक पाटो मात्रै हो, जसमा विषयवस्तु हुुनुपर्छ । विषयवस्तुविनाको  बोल्ने कला मात्र भएर कुनै अर्थ राख्दैन । विषयवस्तुलाई प्रस्तुत गर्ने कलासँगै दर्शकश्रोतासँगको संवाद पनि महत्त्वपूर्ण हुन्छ । अगाडि रहेका व्यक्तिलाई उनीहरूकै भावना बोलिरहेको भान गराउन सके भाषण गर्नेले दर्शकको वाहवाही र ताली पाउँछ  । दर्शकश्रोतालाई तानिरहन सकिन्छ । तर, मानवीय क्षमताको एउटा पाटो मात्रै हो भाषणकला । यसले सबै गुणको प्रतिनिधित्व गर्न सक्दैन ।
साधारणतया नेता बन्न भाषणकलालाई अनिवार्य गुण जसरी व्याख्या गरिएको पाइन्छ । तर, मलाई त्यस्तो लाग्दैन । नेपालमा भाषण गर्न जानेर नेता भएका व्यक्ति निकै कम छन् । मलाई त अहिले चर्चामा भएका कुनै नेतासँग पनि दमदार भाषण कला छ जस्तो लाग्दैन । अझ भन्दा नेपालका माथिल्लो तहका ९० प्रतिशत नेता भाषण गर्नै जान्दैनन् । प्रदीप गिरी मात्रै भाषणमा पोख्त भएका नेता लाग्छन् मलाई । म पनि उनैबाट प्रभावित छु ।
प्रस्तुति : प्रतिमा

प्रतिक्रिया