डाँका मुद्दाका फरार अपराधी पक्राउ

कपिलबस्तु, १६ मंसिर । डाँका मुद्दामा सजाय पाएर फरार अपराधी वलिकरण कोहारलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ ।
जिल्ला अदालत कपिलबस्तुको २०५८ पुस–८ को फैसला अनुसार ६ वर्ष कैद र ३ हजार ७ सय ५ रुपियाँ जरिवाना तोकिएका डाँका मुद्दाका फरार अपराधी कोहारलाई प्रहरीले शुक्रबार विहान कपिलवस्तबाट पक्राउ गरेको जनाएको छ ।
कपिलवस्तु महाराजगञ्ज–१ वस्ने ३६ वर्षीय कोहारलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया