अन्तरस्कुल रेपिड चेस हुने

काठमाडौं : द हिमालयन चेस क्लबको आयोजनामा २२ र २३ मंसिरमा राहुल अग्रवालस्मृति अन्तरस्कुल रेपिड चेस टुर्नामेन्ट हुने भएको छ । स्विस लिग ६ राउन्डको खेल राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरस्थित खेलमण्डल समीक्षालयमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले आकर्षक चेस ट्रफीका साथै शीर्ष पाँच खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । स्कुलस्तरमा रेटिङसहित पहिलोपटक हुन लागेको यस टुर्नामेन्टमा बढीमा ३२ खेलाडीले खेल्नेछन् । टुर्नामेन्टलाई नेपाली चेसका जिउँदो इतिहास सीताराम अग्रवालले नातिको नाममा प्रायोजन गरेका छन् । (सौस)

 

प्रतिक्रिया