श्रीलंका संघर्ष गर्दै

कोलम्बो, १३ मंसिर । श्रीलंकाले न्युजिल्यान्डविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा सामान्य प्रदर्शन गरेको छ । मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि श्रीलंकाले तेस्रो दिनको खेल समाप्त हुँदासम्म पहिलो इनिङमा ६ विकेट गुमाउँदै २ सय २५ रन जोडेको छ ।
न्युजिल्यान्डले पहिलो इनिङमा ४ सय १२ रन बनाएको थियो । श्रीलंकाका लागि थिलन सामाराविराले ७६, एन्जेलो म्याथ्युजले ४७ र सुरज रान्डिभले ३४ रन बनाए । १२–३ को स्थितिमा म्याथ्युजले चौथो विकेटका लागि प्रारम्भिक ब्याट्सम्यान पारानाभितर्ना (४०) सँग ९० रनको साझेदारी गरेका थिए । रान्डिभ र सामाराविराले सातौँ विकेटका लागि ९७ रनको साझेदारी गरिसकेका छन् । बलिङतर्फ न्युजिल्यान्डका टिम साउदीले चार विकेट लिए । यसअघि न्युजिल्यान्डको सानदार इनिङमा केन विलियम्स र रस टेलरले शतकीय इनिङ खेले । टेलरले १ सय ४२ र विलियम्सले १ सय ३५ रनको योगदान गरे । टेलर र विलियम्सबीच तेस्रो विकेटका लागि २ सय ६४ रनको साझेदारी भएको थियो । पहिलो म्याच जितेको श्रीलंका यो टेस्टमा कम्तीमा बराबरी गर्ने प्रयासमा छ ।

प्रतिक्रिया