हिमालयन शेर्पा र आरसिटी विजयी

काठमाडौं, ८ मंसिर । रेडबुल ए–डिभिजन लिगमा यति हिमानयन शेर्पा क्लब र आरसिटीले विजयी सुरुआत गरेका छन् । बिहीबार भएको खेलमा शेर्पाले एपिएफलाई ३–० तथा आरसिटीले बौद्ध फुटबल क्लबलाई २–० ले पराजित गरे । आरसिटीलाई जित दिलाउने क्रममा अमर डंगोलले दुवै गोल गरे । ४४आँै मिनेटमा अमरले प्रहार गरेको बल विपक्षी रक्षकले रोक्न खोज्दाखोज्दै ‘डिफ्लेक्टेड’ भएर गोलमा परिणत भएको थियो । ६९आँै मिनेटमा ओलावालेको सानदार मुभलाई उपयोग गर्दै अमरले आरसिटीको अग्रतालाई फराकिलो बनाए ।
खेलमा बौद्धले थुप्रै मौका पाए पनि केही मौका गुमाएको थियो । सुरुआती १५ मिनेटभित्रमा नै राजन अधिकारीले दुई अवसर गुमाए । आरटिसीले भने पहिलो मौका ३५आँै मिनेटमा पाएको थियो । ओलावालेको सट बौद्धका रक्षकलाई लागेर फर्केपछि अमरले रिबाउन्डमा प्रहार गरेका थिए । उनको प्रहार विपक्षी गोलरक्षक रञ्जित गुरुङले सानदार ढंगले बचाए ।
एपिएफसँगको खेलमा भने हिमालयन शेर्पा सुरुआतदेखि नै प्रभावी रहेको थियो । हिमालयनलाई जित दिलाउने क्रममा पुकार गहतराजको साथमा सोम मल्लले गोल गरे भने एक आत्मघाती गोल उपहार प्राप्त भएको थियो । जाउलाखेल क्लबका पूर्वफरवार्ड गेरार्ड र युवा मिडफिल्डर रूपेश केसी छाएको खेलमा हिमालयनको भाग्य फेर्ने काम भने गणेश खड्काले गरे । २४औँ मिनेटमा छरिता खेलाडी गणेशलाई रोक्ने क्रममा भीम श्रेष्ठले डी–बक्समा लडाएपछि हिमालयन शेर्पाले पेनाल्टीको अवसर पाएको थियो । पुकारले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए ।

प्रतिक्रिया