माओ “वाद” कि “विचारधारा” ?

माओ विचारधारालाई लगभग सन् १९८४ पछि माओवादमा विकास गर्दै लैजान विश्वभरी कम्युनिस्ट पार्टीभित्र छलफल सुरु भयो । नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टी एकताकेन्द्र विभाजनपछि स्पष्ट रूपमा माओ विचारधारा एवं वाद देखियो । तत्पश्चात् तत्कालीन नेकपा (माओवादी) को नाममा ०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु भयो । १० वर्षे लामो वर्ग संघर्षका क्रममा आम जनताका समस्याहरूको यथार्थ एवं वैज्ञानिक उठान गरेर मालेमावादको सिद्धान्तलाई आत्मसात् गर्दै नेपाली माटोमा संघर्षको नवीनतम मौलिकता प्रयोग भयो । कहीँ कतै अन्ध नक्कल भएन । माक्र्सवादी ढंगले माओको विचारधारा होइन स्पष्ट रूपमा माओवाद हो भनेर व्यवहारत: किटान भयो ।
ऐतिहासिक महान् जनयुद्ध र जनआन्दोलन–२ पश्चात् निरंकुश तानाशाही राजतन्त्रले घुँडा टेकेपछि माओले परिवर्तन र जनमुक्तिका निमित्त मिल्न सकिने शक्तिका बीचमा एकता गर्नुपर्ने कुरालाई व्यवहारमा उतारे भैँm नेपाली माटोमा पनि क्रान्तिलाई विजयको उत्कर्षमा पुर्‍याउनका लागि केही देशभक्त, गणतन्त्रवादी र वामपन्थीहरूसँग संयुक्त मोर्चा एवं पार्टी एकता गर्नु पर्ने आवश्यकता माओवादीले महसुस गर्‍यो । र, साना ठूला सबै पार्टीसँग एकता हुने क्रमसँगै यतिबेला एमाओवादी भएको छ । यसको आगामी माघ १४ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय महाधिवेशनमा यस विषयमा पनि बहस एवं छलफल हुने काठमाडौं भृकुटी मण्डप प्लेनममा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनबाट स्पष्ट हुन्छ । माओ वाद कि विचारधारा ? भन्नेबारे आम कम्युनिस्ट पार्टीबीचमा अभैँm घनीभूत बहस जारी छ ।
माओवादका विषयमा एमाओवादी अध्यक्ष प्रचण्डको दृष्टिकोणमा वर्ग संघर्षको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्राष्ट्रिय सर्वहारावर्गको क्रान्तिको विज्ञानका रूपमा माक्र्सवादको अनुसन्धान भयो । अनवरत् संघर्ष र महान् प्रतिभाको परिचयका साथ कार्ल माक्र्सद्वारा उद्घाटित माक्र्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवाद गरी प्रमुख रूपमा तीन मुख्य अंग रहेको सर्वविदितै छ । स्वयं एउटा विज्ञान भएकाले माक्र्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो । वर्ग संघर्षका नयाँ अनुभव र समस्याहरूका सन्दर्भमा लेनिनद्वारा माक्र्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो । वर्ग संघर्षका नयाँ अनुभव र समस्याहरूको सन्दर्भमा लेनिनद्वारा माक्र्सवादलाई विकासको दोस्रो लेनिनवादको चरणमा पुर्‍याउने काम भयो । आज यो विज्ञान संघर्षकै क्रममा विकासको तेस्रो, नयाँ र उच्च चरणमा पुगेको छ । यो तेस्रो, नवीन र उच्चतम चरण माओत्सेतुङले विकास गरेको माओवादको चरण हो । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एक सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइका रूपमा माक्र्सवाद, लेनिनवाद र माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद, लेनिनवादका रूपमा ग्रहण नगर्ने जो कोही पनि सच्चा कम्युनिस्ट हुनै सक्दैन । आज माओवाद विश्वको माक्र्सवाद–लेनिनवाद भएकाले नै संसारका प्रतिक्रियावादी एवं संशोधनवादीहरूले माओवाद एवं माओवादी क्रान्तिकारीहरूमाथि हमलाको दुस्साहस गरिरहेका छन् । जसरी माक्र्सवाद, लेनिनवादको स्थापना कम्युनिस्ट     क्रान्तिकारीहरूद्वारा  सबैखाले प्रतिक्रियावाद, सामन्त, संशोधनवाद र अवसरवादविरुद्ध गरिएको संघर्षका क्रममा भएको हो त्यसरी नै आज माओवादको स्थापना पनि निर्मम संघर्षकै बीचबाट भइरहेको छ ।
यस सन्दर्भमा एमाओवादीकै अर्का वरिष्ठ नेता तथा वर्तमान सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टराई माओ ‘वाद’ कि ‘विचारधारा’ ? बारेमा छोटकरीमा भन्नुभएको छ, माओ ‘वाद’ सर्वहारावादी क्रान्तिको विज्ञानको माक्र्सवादको तेस्रो, उच्च र विकसित रूप हो । गएको डेढसय बर्षमा सर्वहारावादी आन्दोलनको विकास सँगसँगै यसले पहिले माक्र्सवाद, त्यसपछि माक्र्सवाद–लेनिनवाद र हाल माक्र्सवाद–लेनिनवाद र माओवादको रूपमा विकसित गरेको छ । क्रान्तिको सफलता र असफलता जनतामा निर्भर हुन्छ । त्यसैले कम्युनिस्ट पार्टीले जनताबाट सिकेर जनतालाई नै सिकाउने र आम जनताहरूसँग एकाकार हुने नीति लिनु जरुरी छ । क्रान्ति र युद्धमा हतियार आवश्यक भए पनि निर्णायक तत्त्व चाहिँ जनता नै हुन्छन् ।
साम्राज्यवाद र घरेलु सामन्तवाद एक अर्काका अन्योन्याश्रित हुन्छन् । क्रान्तिकारी युद्ध भनेको कुनै सनकमा नेता हुँ भन्नेले चलाएको युद्ध होइन बरु यो त आम जनसमुदायको आफ्नै युद्ध हो । तर, जसले नेतृत्व गर्दछ, उसले जनता समुदायलाई संगठित पारेर र उनीहरूमाथि नै पूर्ण भर परेर यसलाई चलाउन सक्दछ । यस्तो कार्य कुशल नेता नेतृत्वबाट मात्रै संभव छ । बन्दुकधारी एवं सत्ताधारी शत्रुहरू सिद्धिसकेपछि पनि बन्दुकविहीन एवं सत्ताविहीनका शत्रुहरू कमजोर रूपमा रहिरहने छन् । यिनीहरूले क्रान्तिकारी पार्टी, नेता एवं कार्यकर्ता, जनता विरुद्ध सकेसम्म संघर्ष गर्नेछन् । त्यसैले लगातार संघर्ष गर्ने परिपाटीलाई कायम राख्नु पर्छ भन्ने विचार माओले व्यक्त गर्नु भए भैँm नेपालमा पनि मौलिक प्रतिवाद र निरन्तर संघर्ष अनिवार्य एवं आवश्यक छ ।
चिनियाँ कोमिन्ताङ पार्टीका नेता सन् यात्सेन्को असामयिक निधन पश्चात् च्याङ काइ सेक को हातमा सत्ता परेपछि दक्षिणपन्थी सुधारवादी एवं चरम अवसरवादी चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष छन तु श्यु ले आत्मसमर्पण गर्‍यो । क. माओ र छन तु श्युबीच दरार आयो । सच्चा कम्युनिस्ट क्रान्तिकारी नेता कार्यकर्ताहरूलाई च्याङ काइ सेक सेनाले निर्मम हत्या गर्न थाल्यो । ठीक त्यसै बेला तत्कालीन विद्रोही पार्टीका नेता चु तेहको फौजसँग मिलेर मजदुर किसानको सेना निर्माण गर्दै सन् १९२९–३० बीचमा माओका चीनमा लाल राजनीतिक सत्ता कसरी रहन सक्छ ? चिङकाङ पहाडमा भएको संघर्ष र एक झिल्कोले भयंकर डढेलो लगाउन सक्छ जस्ता रचनाहरू प्रकाशित गर्दै शक्तिशाली संगठन र मोर्चाको निर्माणसँगै कुशल नेतृत्वको साथ सन् १९३६ डिसेम्बरमा माओ र चाओको सक्रियतामा च्याङ काइ सेक र उनका जनरलहरूलाई बन्दी बनाइसके पश्चात् सन् १९३६–३७ मा माक्र्सवाद, लेनिनवादका आधारमा चिनियाँ क्रान्तिको सार खिच्ने काम माओले गर्नुभयो । क्रान्तिकारी युद्धका राजनीतिक समस्याहरू, सैनिक मामिलामा वामपन्थी दुस्साहसवादको विरोध, व्यवहार, अन्तर्विरोधबारे उत्कृष्ट दार्शनिक रचनाहरू लेख्नुभयो । तत्पश्चात् पार्टी शुद्धीकरणको आन्दोलनको नेतृत्व गर्दै सन् १९४३ मा पार्टी केन्द्रीय राजनीतिक ब्युरोको अध्यक्षमा निर्वाचित एवं सन् १९४५ तिर भएको पार्टीको सातौँ महाधिवेशनको अध्यक्षता गर्दै कतिपय साह्रै महत्त्वपूर्ण प्रस्तावहरू पेस गर्नुभयो । सो अधिवेशनले माओलाई सिंगो पार्टीकै अध्यक्षमा निर्वाचित गर्दै उहाँद्वारा प्रतिपादित विचारलाई माओ विचारधाराका रूपमा पार्टीमा स्थापित गर्ने निर्णय गर्‍यो । सन् १९६६ तिर माओले महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरेको १० वर्ष पुग्दा–नपुग्दै अकस्मात् सन् १९७६ डिसेम्बर ९ तारिखको दिन उहाँको निधन भयो ।
हाम्रो नेपाली माटोको मौलिक क्रान्तिकारी आन्दोलनमा क. माओका योगदानहरूलाई आजको माक्र्सवाद–लेनिनवादका रूपमा सहजै ग्रहण गर्ने स्पिरिट हुँदाहुँदै पनि ती तमाम योगदानलाई माओ विचारधारा पदावलीद्वारा मात्रै अभिव्यक्त गर्नु हास्यास्पद कुरा बाहेक अरू केही हुन सक्तैन । यदि, महान् सर्वहारावर्गको सार्वभौम सिद्धान्तका रूपमा क. माओका योगदानलाई स्वीकार गरेर नेपाली माटोमा प्रतिक्रियावाद र संशोधनवादसँग अहिलेसम्म लड्दै आएका हौँ भने यो विशिष्ट अवस्थामा सार्वभौम सिद्धान्तलाई अभिव्यक्त गर्ने वजनदार तौलसहितको वैज्ञानिक शब्द ‘वाद’ हुँदाहुँदै भ्रमपूर्ण ‘विचारधारा’ को सुगा रटान लगाइरहनु दक्षिणपन्थी संशोधनवादको निम्ति स्थान दिनु बाहेक अरू केही हुनै सक्तैन । आज संशोधनवादी तेङमण्डलीहरू माओ विचारधारा शब्दको सुगा रटान लगाएर क.माओको क्रान्तिकारी शिक्षाहरूको आत्माको हत्या गरिरहेका छन् । यसर्थ, जसले माक्र्सवाद–लेनिनवादलाई सहर्ष स्वीकार्दछ उसले माक्र्सवादको विकासको तेस्रो चरणमा माओवादलाई सार्वभौम सिद्धान्तका रूपमा स्वीकार्नु पर्दछ । अन्यथा, माक्र्सवाद दर्शनको बुझाईमा नै भयंकर कमजोरी रहन्छ कि त घोर दक्षिणपन्थी एवं चरम अवसरवादी हो भन्ने छर्लङ्ग हुन्छ ।

प्रतिक्रिया