नेपालको अन्तरिम संविधान–२०६३ को धारा ८ र उपधारा २ (ख) मा कुनै व्यक्तिको जन्म हँुदाका बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्तिले वंशजका आधारमा नागरिकता प्राप्त गर्नसक्ने कानुनी व्यवस्था गरिएको छ । यसको अर्थ कुमारी आमा नेपाली छ भने त्यसको सन्तानले वंशजका आधारमा नागरिकता पाउने भन्ने हुन्छ ।
त्यस्तै, सर्वोच्च अदालतले अन्नपूर्ण राणाको मुद्दामा पनि पुरुष र महिलाबीच शारीरिक सम्बन्ध राख्न पनि विवाह नै गर्नुपर्ने कानुनी बाध्यता नरहेको फैसला गरेको थियो । त्यसैले कुनै पुरुष र महिलाबीच शारीरिक सम्बन्ध कायम राख्दा बच्चा जन्मिन सक्छ र यस्तो अवस्थामा जन्मिएकालाई पनि नेपाली नागरिकता प्रदान गर्न सकिने कानुनी व्यवस्था छ । कसैको बाबुको पत्ता लाग्न नसके पनि नेपाली महिलाबाट नेपालमा जन्मिएका व्यक्तिले आमाको नाममा वंशजका आधारमा नागरिकता प्राप्त गर्न सक्छन् । यस्तो अवस्थामा जन्मिन पुगेकालाई नागरिकता प्रदान गर्न कानुनले रोकेको छैन ।
प्रतिक्रिया