पुष्प व्यवसाय र इचंगु नारायण क्षेत्र

जन्मदेखि मृत्युसम्म विवाहदेखि न्वारनसम्म हर समय सुख दु:ख दुवै कामका लागि नभई नहुने फूल विजयदेखि पराजयसम्म पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । विश्वमै मन्दिरै मन्दिरको शहरका रूपमा परिचित काठमाडौंलाई दैनिक फूलको आवश्यकता पर्ने गर्छ । हुन त नेपाली बजारमा अहिले आएर भारतीय बजारबाट भित्रने फूलले स्थान पाइरहेको छ । त्यसो त राजधानीमा दैनिक जसो हुने बन्द हड्ताल आदिले गर्दा माग हुँदाहुँदै पनि बिक्री नभएर फिर्ता गर्नुपर्ने कतिपय अवस्था आउने गरेको छ ।
फूलको प्रयोग मानव सभ्यताको सुरुदेखि नै हुँदै आएको हो । नेपालको सन्दर्भमा पनि धार्मिक सेरोफेरोबाट हेर्दा फूलको प्रयोग परापूर्व कालदेखि नै हुँदै आएको अनुमान गर्न सकिन्छ । हरेक धार्मिक सम्प्रदायमा फूलको उपदेहिता हुँदै आए पनि यसको व्यावसायिकरण भने धेरै पछि मात्र भएको हो । १७ औँ शताब्दीको सुरुदेखि नै युरोपेली देशहरूले फूलको व्यावसायिक उत्पादन गर्न थालेको पाइन्छ । तर, फूल व्यवसाय उद्योग कै रूपमा चाहिँ १८ औँ शताब्दीमा बेलायतबाट सूरु भएको हो । नेपालको सन्दर्भमा चाहिँ सन् १९५० देखि सामान्य रूपमा प्रारम्भिक फूल खेती हुन थालेको इतिहासले देखाउँछ । फूल खेतीको व्यावसायिकरण भएको चाहिँ लामो समय भएको छैन । सन् १९९३ देखि मात्र नेपालमा फूल खेतीको व्यावसायिकरण भएको देखिन्छ ।
वर्तमान समयमा पुष्प व्यवसाय विश्वभर गतिशील व्यवसायका रूपमा फैलँदै गइरहेको छ । सन् १९५० मा विश्वमा पुष्प व्यवसायको व्यापार ३ विलियन्स डलर थियो । सन् २००० मा आएर विश्वमा पुष्प व्यापार १६ विलियन्स डलर पुगेको देखिन्छ । हाल आएर ङ्खलोरिकल्चरको वार्षिक वृद्धि दर १० देखि १५ प्रतिशतसम्म रहेको पाइन्छ । सन् २००८ मा ३५.२० विलियन्स डलर र २००९ मा ४० विलियन्स, २०१० मा ४६ विलियन्स डलर र २०११ मा आइपुग्दा ५० विलियन्स डलर नाघिसकेको पाइन्छ ।
ङ्खलोरिकल्चरको विश्व बजारमा सबैभन्दा बढी फूल निर्यात गर्ने राष्ट्र निदरल्यान्ड हो । लामो समयदेखि निर्यातमा निदरल्यान्डको आधिपत्य रहेको छ । त्यस पछि कोलोम्बिया, इटाली, जर्मनी, बेल्जियम, डेनमार्क, केन्या, इक्वेडर, अमेरिका तथा क्यानाडा जस्ता राष्ट्र रहेका छन् । विश्वका उत्कृष्ठ १० निर्यात कर्ता राष्ट्रहरूमा ५ वटा त युरोपेली राष्ट्र छन् । निदरल्यान्ड एक्लैले ४८.१३ प्रतिशत हिस्सा विश्व पुष्प बजारमा ओगट्न सफल भएको छ । एशियाली राष्ट्रहरूमा चीनको ६ अर्ब रुपियाँ, भारतको करिब ११ अर्ब रुपियाँ बराबरको निर्यात देखिन्छ भने नेपालको करिब ६ करोड रुपियाँ बराबर पुष्प तथा पुष्पजन्य बस्तुहरूको निर्यात रहेको पाइन्छ । हामीले पुष्प व्यवसायलाई बढाउँदै लैजाने हो भने निर्यात क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै अर्बाैं डलर भित्र्याउन सफल हुनेछौँ ।
विश्वमा हाल खर्बाैं रुपियाँको फूलको व्यापार भइरहेको छ । त्यो व्यापार दैनिक बढ्दो छ । हाल विश्वमा १४० भन्दा बढी देशहरूमा व्यावसायिक रूपमा फूल खेती हुँदै आएको छ । विश्वमा लाखौँ हेक्टर क्षेत्रफलमा ङ्खलोरिकल्चर फस्टाइरहेको छ । लाखौँ व्यक्तिहरू ङ्खलोरिकल्चरमा रोजगार भइरहेका छन् । हाल नेपालमा पनि ९० हेक्टर जमिनमा व्यावसायिक रूपमा फूल खेती हुँदै आइरहेको देखिन्छ । जसबाट प्रत्यक्ष–परोक्ष २५ हजार भन्दा बढी व्यक्ति रोजगार छन् । जसमा ६० प्रतिशत महिलाको संलग्नता रहेको पाइन्छ । यसलाई अझै बढाउँदै लैजान सकिन्छ ।
हाल विश्वमा २ लाख ७० हजार प्रजातिका फूलका विरुवाहरू पाइन्छन् । नेपालभित्रै पनि ६५ वटा भन्दा बढी प्रजातिका फूलका विरुवा पाइन्छन् । वनस्पति विज्ञानका अनुसार २४६ जातकाविरुवा नेपालबाहेक विश्वका कुनै पनि देशमा पाइँदैनन् ।
नेपालको जैविक विविधता, यहाँको हावापानी, वातावरण, भौगोलिक अवस्थितिका कारण नेपाल ङ्खलोरिकल्चरका लागि विश्व मै उत्कृष्ट राष्ट्र हो । नेपालले ङ्खलोरिकल्चरमा आवश्यक विकास गर्दै लान सके विश्व पुष्प व्यापारमा निर्यात गर्ने राष्ट्रको अग्रणी राष्ट्रमा स्थापित पुग्न सक्छ भने अर्बाैं डलरका पुष्प व्यापार गर्न सक्छ । जसले देशको अर्थतन्त्रलाई स्थापित गराउन सक्छ । ङ्खलोरिकल्चर व्यवसाय वातावरणसँग सम्बन्धित भएको हुनाले वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका रहने छ भने विश्वका पर्यटकहरूलाई आकर्षण गर्न सकिन्छ ।
काठमाडौंको पश्चिममा हल्चोक डाँडाले पूरै राजधानीलाई छेकेको छ । हल्चोकको डाँडामा बसेर हेर्‍यो भने पूर्वतर्फ भयानक कंक्रिटमा फूलेका अस्तव्यस्त घरहरू देखिन्छन् पश्चिमतर्फ हेर्‍यो भने रामकोट डाँडा हल्चोक डाँडा र नागार्जुन जंगलले घेरेर राखेको एउटा सुन्दर फूलैफूलको सानो उपत्यका देखिन्छ । पूर्वको उपत्यका भन्दा ५० गुणा सानो तर हजारौँ गुणा सुन्दर उपत्यका इचंगुु, इचंगुुनारायणको मन्दिरले परिचय बोकेको इतिहासको स्थापित एउटा सानो उपत्यका, वर्षका १२ वटै महिना विभिन्न रंगीविरंगी फूलहरूले सुगन्धित छ । त्यहाँका सम्पूर्ण किसानहरू पशुपालनको अलवा मुख्य खेती फूललाई नै बनाउँदै आएका छन् । त्यताको उपत्यका फूलैफूलको संसारमा मुस्कुराई रहेको हुन्छ ।
पर्यटकीय विकासका लागि फूलखेतीको महत्त्वपूर्ण भूमिका रहेको सायद देशकै पहिलो स्थान हुनसक्छ इचंगु क्षेत्र । प्रत्यक्ष–परोक्ष त्यहाँ जाने पर्यटकको उद्देश्य फूलसँगै रमाउनु हो । केही समय अगाडि अमेरिकाबाट नेपाल आएका पर्यटक मार्कले नेपालमा पुष्प पर्यटनको विकास गर्ने हो भने इचंगुको ङ्खलोरिकल्चर क्षेत्रलाई सरकारले प्राथमिकताको सूचीमा राखिदिने हो भने पनि पर्याप्त रहने औल्याएका थिए । हुन पनि इचंगु क्षेत्रमा वर्षका १२ वटै महिना फूलहरूले सुगन्धित हुन्छ । हिजोसम्म फूल खेतीलाई जीवनयापनको एउटा माध्यम बनाउँदै आएका त्यहाँका मानिसहरूले अब पुष्प पर्यटनको अवधारणालाई अगाडि सारेका छन् । जसबाट क्षेत्रको विकाससहित पर्यटकीय विकासमा उल्लेखनीय उपलब्धी हासिल हुने देखिन्छ ।

प्रतिक्रिया