जित र खगेन्द्र प्रिक्वार्टरफाइनलमा

काठमाडौं, १७  कात्तिक । राष्ट्रिय च्याम्पियन जितबहादुर मोक्तान र खगेन्द्र मल्ल प्रथम राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष एकल खुला रिकर्भतर्फ प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा मनाङ मस्र्याङ्दी आर्चरी क्लब (एमएमएसी) का जितले सर्वाधिक दुई सय ८९ तथा कास्की आर्चरी संघ (केएए) का खगेन्द्रले दुई सय ७८ अंक जोडे । राष्ट्रिय आर्चरीमा प्रभावी रहेका पोखरेली तथा एमएमसीकै खेलाडीको  प्रतियोगितामा प्रभाव रहेको छ ।
उनीहरूलाई पछ्याउने क्रममा  केएएका असिम शेरचनले २६५, एमएमएसीका कर्मा छिरिङ गुरुङले २६२ तथा  हिमालयन आर्चरी क्लब (एचएसी) का प्रेमप्रसाद पुनले २६२ अंक जोडे ।  एचएसीका वाङ्गेल गुरुङले २६२ अंक, एचएसीका रमेश भट्टचनले २५७ र एमएमएसीका ओङ्ग्या गुरुङले २५१ अंक जोडे ।  केएएका दुर्गा पुर्जाले २४९, किरात वेल्फेयर सोसाइटी आर्चरी क्लब (केडब्लुएसएसी) का बलराम राईले २४४ अंक र  केएएका महेन्द्र ताङ्बेले २३९ अंक जोडे ।  केडब्लुएसएसीका दिवस राईले २३३ अंक, एमएमएसीका उर्गेन फुन्सोक डी गुरुङले २२० अंक, एचएसीका महेश थकालीले एक सय ८९ अंक, एमएमएसीका नोर्बु गुरुङले १८५ अंक तथा एमएमएसीका चित्रलाल हीराचनले १७४ अंक बटुल्दै अन्तिम १६ मा स्थान पक्का गरे ।
नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगिताको महिला एकल खुला रिकर्भमा दिलकुमारी भुजेलले २५१, रेणु तामाङले २३५, माया स्याङतेनले २२२, राज्यलक्ष्मी जोशीले १८९ अंक तथा मनीषा दुवाले १०५ अंक जोडे । पुरुष एकलको स्टेन्डर्ड रिकर्भमा एचएसीका वीरेन्द्र गुरुङले २७२, अन्नपूर्ण आर्चरी क्लबका देव पुनले २५६, कन्चञ्पुरका होमबहादुर थापाले २४७ र  एचएसीका अनिल भुजेलले २४० अंक जोडे ।  मगर समाजका तिलक पुनले २२४, एचएसीका सौजन्य गुरुङले २०० र  मगर समाजका छत्रबहादुर घर्ती मगरले १८१ अंक जोडे । यी सबै प्रिक्वार्टरफाइनल प्रवेश गरे । अन्नपूर्णका समीप थकाली (१७०), मगर समाजका शाहाबहादुर राणा (१६४) तथा टिआइए आर्चरी क्लबका परिचित श्रेष्ठ (१५२), विल्भर आचार्य (१४८) र आयुश मुस्याजु (१४५ अंक) पनि  प्रिक्वाटरफाइनलमा पुगे ।
महिला एकलको स्टेन्डर्ड रिकर्भमा अन्नपूर्णकी मोनिका राना मगर (२७६), हिमालयनकी सरिता तामाङ (२७४), अन्नपूर्णकी सरस्वती गुरुङ (२ ५७), हिमालयनकी सोनी शेर्पा (२५४), अन्नपूर्णकी रश्मी दर्लामी (२३८) तथा टिआइएकी अक्षिता गुरुङ (१८३), सुमित्रा श्रेष्ठ (१६३ ) र मानभी न्यौपाने (१४७ ) ले क्वार्टरफाइनल यात्रा तय गरे ।
पुरुषको खुला टिम स्पर्धामा मनाङ ‘ए’ ले ८०२, केएएले ७९२, हिमालयनले ७८१, केडब्लुएसएसीले ६४७ तथा मनाङ ‘बी’ ले ५७९ अंक हासिल गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगिताको नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे  । प्रतियोगितामा ३६ पुरुष र १३ महिला गरी कुल ४९ खेलाडीले ७ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । सबै स्पर्धाको दूरी १८ मिटर रहेको छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया