गोजुकाई करातेमा नेपाललाई ६ पदक

काठमाडौं : मलेसियाको सेनान्डोरमा सञ्चालित चौथो केके गोजुकाई सेन्डोर खुला कराते प्रतियोगितामा नेपालले पदक जितेको छ । ६ र ७ अक्टोबरमा सम्पन्न प्रतियोगितामा उमेरसमूहअन्तरगत महिलातर्फ १३ वर्ष उमेरमा जुनु रानामगरले कातामा स्वर्ण र कुमुतेमा कांस्यपदक प्राप्त गरिन् ।
यसैगरी उमेरसमूहअन्तरगत नै कुमुतेतर्फ नै १२ वर्षमा उमेशराज जोशीले रजतपदक प्राप्त गरेका छन् । ११ वर्षको समूहमा उत्सव लिगलले कांस्यपदक प्राप्त गरे । तौलसमूहअन्तरगत ६० केजीमा लक्ष्मण महर्जन र ६५ केजीमा विजय अधिकारीले कांस्यपदक प्राप्त गरेको नेपाल गोजुकाई संघका महासचिव एवं सह–मुख्य प्रशिक्षक इन्द्रबहादुर खड्गीले जनाएका छन् । (सौस)

प्रतिक्रिया