मायोज चाउचाउलाई जरिवाना

विराटनगर, १८ असोज । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले नापतौलमा ठगी गर्ने मायोज चाउचाउलाई जरिवाना गरेको छ ।
हिमालय स्न्याक्स एन्ड नुडल्स प्रालि काभ्रेद्वारा उत्पादित मायोज इन्स्टेन्ट नुडल्सको प्याकेटमा तोकिएको भन्दा कम तौल पाइएपछि उद्योगलाई दुई हजार रुपियाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
तौल कम भएका मायोज चाउचाउका प्याकेट जफत समेत गरिएको छ ।
कार्यालयका प्रमुख शशीभूषण यादवको नेतृत्वमा खटिएको टोलीले विराटनगर–८ स्थित डिलरको गोदाममा अनुगमन गर्दा मायोज चाउचाउका ७५ ग्रामको प्याकेटमा ६ ग्रामसम्म घटी पाइएपछि कारबाही प्रक्रिया अगाडि बढाईएको थियो ।

प्रतिक्रिया