सालकको खपडा सहित तीन पक्राउ

हेटौंडा, १७ असोज । मकवानपुर जिल्लाको रातोमाटे चेकपोष्टबाट सालकको खपडा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुलीबाट काठमाडौं जान लागेको ना ३ ख ७६३८ नम्वरको बस चेकजाँचका क्रममा झोलामा लुकाई ल्याएको सालकको खपडा सहित तीनजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काभ्रेका २५ वर्षीय पदमबहादुर लामा, २६ वर्षीय टीकबहादुर थोकर र २० वर्षीयउ अनिल लामा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीन जनालाई सालकको खपडा सहित जिल्ला बन कार्यालयमा बुझाईएको प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

यसैबीच, मकवानपुरकै मनहरीवाट प्रहरीले लागूऔंषध गाजा बोकेर आएका दुई जनालाई हेटौंडामा पक्राउ गरेको छ ।
काठमाडौंबाट बीरगञ्ज जान लागेको ना.३ ख ९१०१ नम्बरको बसमा आउँदै गरेका धनुषा जानकी नगरका ७५ वर्षीय रामेश्वर साह तेली र महोत्तरी जिल्ला मटिहानी–७ का ६० वर्षीय सीताराम दासलाई प्रहरीले दश किलो जाँजा सहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया