मध्यपुर र आर्मी क्वार्टरफाइनलमा

काठमाडौं, १२ असोज । काठमाडौं, ११ असोज । ए डिभिजन नवप्रवेशी मध्यपुर युथ एसोसिएसन क्लब एनसेलकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार फ्रेन्ड्सविरुद्ध १–१ गोलको बराबरी खेल्दै मध्यपुरले अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो । मध्यपुरको यस नतिजासँगै थ्री–स्टार भने अन्तिम खेल बाँकी छँदै समूहचरणबाट बाहिरिने पक्का भएको छ ।
समूहमा तीन खेलबाट मध्यपुरको पाँच अंक भयो । तीन खेल खेलेको फ्रेन्ड्सको चार अंक छ । दुई खेल खेलेको एपिएफले तीन र थ्री–स्टारले एक अंक जोडेको छ । यस समूहमा हुने एपिएफ र थ्री–स्टारबीचको भिडन्तले क्वार्टरफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ । एपिएफलाई पराजित गर्न सके पनि थ्री–स्टार हेड टु हेडमा प्रmेन्ड्ससँग
पछि पर्नेछ ।
थ्री–स्टारसँग बराबरी र एपिएफलाई पराजित गरेको मध्यपुरले फ्रेन्ड्सविरुद्ध पनि सानदार प्रदर्शन कायम राख्यो । खेलको सुरुआतमा केही दबाब सामना गरे पनि १५आँै मिनेटमा मध्यपुरले गोल गर्ने अवसर पाएको थियो तर निराजन राजमाझीले गरेको प्रहार फ्रेन्ड्सका गोलकिपर वीरेन्द्र चन्दले सानदार बचाउ गरे । २९आँै मिनेटमा मध्यपुरले अग्रता लियो । काउन्टर एटयाकमा वेद श्रेष्ठले गोल गरेका हुन् । बालगोपाल साहुखलको पासमा निराजन राजमाझीले फस्टटचमै वेदलाई बल उपलब्ध गराएका थिए ।
५६ मिनेटपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको थियो । निराजन रायमाझीले फल गरेबापत फ्रेन्ड्सका नरेश पोख्रेलले दोस्रोपटक पहेँलो कार्ड पाएर मैदान छाड्न बाध्य भए । तर एक खेलाडी कम हुनुका बाबजुद फ्रेन्ड्सले ५८आँै मिनेटमा गोल गर्‍यो । ५८आँै मिनेटमा निराजन खड्काले फ्री–किकमा गोल गरे । खेलको अन्तिम समयमा फ्रेन्ड्सले केही दबाब सृजना गरेको थियो । ७५आँै मिनेटमा निराजनको फ्री–किक क्रसबारकोनजिकैबाट गएको थियो ।
बिहीबार नै भएको अर्को खेलमा मच्छिन्द्रलाई १–० ले पराजित गरी नेपाल आर्मीले क्वार्टरफाइनलमा स्थान पक्का गर्‍यो । तीन खेलमा आर्मीको यो दोसं्रो जित हो । यसअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको मनाङ अब एनआरटिसँग समूहविजेता बन्न खेल्नेछ । एनआरटी लगातार दुई हार व्यहोर्दै बाहिरिइसकेको छ ।
मच्छिन्द्र र आर्मी दुवै जित्नैपर्ने दबाबमा थिए । यस्तो स्थितिमा मच्छिन्द्र सुरुआती अग्रता लिन असफल भए पनि खेलमा पछि परेको केही मिनेटलगत्तै गोलको नजिकै पुगेको थियो । तर मछिन्द्रका कर्ण लिम्बूले खाली पोस्टमा गोललाइनको नजिकैबाट पनि गोल गर्न सकेनन् । भरत खवासको क्रसमा टंक बस्नेतले २१आँै मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
नवयुग श्रेष्ठले मिडबाट दायाँ साइडमा निकालेको पासमा भरतले सेकेन्डबारमा गरेको प्रहार साइडबारभन्दा बाहिरिन लाग्दा अगाडि बढ्दै टंकले गोल गरेका थिए । त्यसको दुई मिनेटपछि नै जावलाखेलका पूर्वखेलाडी कर्णले दीपक राईले दिएको क्रसमा गोललाइनको नजिकैबाट पनि गोल गर्न सकेनन् । अनियन्त्रित देखिएका उनको प्रहारमा बल माथि उफ्रिएर क्रसबारभन्दा माथिबाट गएको थियो । एनआरटीविरुद्ध जित हात पार्ने क्रममा मच्छिन्द्रका लागि कर्णले नै अन्तिम मिनेटमा निर्णायक गोल गरेका थिए । दोस्रो हाफ सुरु भएको दुई मिनेट पनि बित्न नपाउँदै आर्मीका भरतले गरेको प्रहार साइडबारमा लागेर फर्किएको थियो ।

प्रतिक्रिया