जीप दुर्घटनामा आठ घाइते

काठमाडौं, ११ असोज । काठमाडौंको लप्सेफेदी गाविसको झ्यास भन्ने ठाउँमा आज बिहान जीप दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।
काठमाडौंबाट भोटेचौरतर्फ दूध लिन जाँदै गरेको बा ७ च ४६०४ नम्बरको टाटा मोबाइल अनियन्त्रित भई पल्टिदा आठ यात्रु घाईते भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव एक सय मिटर तल खसेको थियो ।
घाइतेमध्ये लप्सेफेदी–८ का कामीसिं घलान र लोकबहादुर भुजेलको अवस्था चिन्ताजनक छ ।

प्रतिक्रिया