नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता

काठमाडौं, २५ भदौं । अमेरिकालाई आठ विकेटले हराउँदै नेपालले आज क्रिकेटमा ऐतिहासिक सफलता पाएको छ ।
मलेसियामा आज सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–४ को फाइनलमा नेपालले आठ विकेटले अमेरिकाल हराएर च्याम्पियन बनेको हो ।
पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभर १ बलमा १ सय ४५ रनमा समेटिएको थियो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २८ ओभरमै खेल जितेको थियो ।
दुई वर्ष अघि नेपालले काठमाडौंमा डिभिजन ५ को उपाधि जितेको थियो । नेपाल र अमेरिका यस अघिनै डिभिजन–४ मा उक्लदै सन् २०१३ मा बर्मुडामा हुने डिभिजन–३ का लागि स्थान पक्का गरिसकेका छन् । ऐजेन्सी

प्रतिक्रिया