नीर र कमला पहिलो

काठमाडौं : दोस्रो अन्तरविद्यालय प्याब्सन कप ब्याडमिन्टन प्रतियोगिताको सिंगल्सको ब्वायजमा कोटदेवीका नीरविक्रम देवकोटा र गल्र्समा एन्जलहर्टकी कमला पुन आइतबार पहिलो भएका छन् । नीरले फाइनलमा आफ्नै दाइ शिवलाई २–१ ले हराए । कमलाले कोटदेवीकी स्टर खड्कालाई २–१ ले पराजित गरिन् । ब्वायजमा सेभका प्रदीप गुरुङ र क्याम्ब्रिजका निश्चल खत्री तेस्रो भए भने गल्र्समा कोटदेवीकी बबिता खत्री तथा हेब्रोनकी सृष्टि तेस्रो बने ।
मिक्स डबल्समा कोटदेवीका नीरविक्रम र बबिताको जोडी पहिलो तथा कोटदेवीकै स्टर र शिवको जोडी दोस्रो भए । वसन्त ऋतुका राकेश र निरुता तथा मानाङ्कका चिल्ड्रेनका रञ्जना र विकासको जोडी तेस्रो भए ।
शिक्षा दिवसका उपलक्ष्यमा काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगिता प्रिन्सिपलको पुरुष सिंगल्सको उपाधि पुष्पसदनका महेशकुमार श्रेष्ठले जिते । फाइनलमा उनले क्रिएसनका मञ्जेश बम मल्ललाई २–१ ले निराश तुल्याए । इडिफाईका द्वारिकानाथ अमगाईं तथा एन्जलहर्टका धनबहादुर पुन तेस्रो भए ।
प्रिन्सिपलको पुरुष डबल्समा एन्जलहर्टका धनबहादुर र क्रिएसनका मञ्जेशको जोडी पहिलो भए । उक्त जोडीले ग्रिनल्यान्डका थकिनकुमार गुरुङ र इडिफाईका द्वारिकालाई २–१ ले हराए । सविन लेप्चा र मदनकुमार पोखरेल तथा महेशकुमार श्रेष्ठ र महेन्द्रराज घिमिरे तेस्रो भए । दुईदिने प्रतियोगितामा कुल ६० प्रतिस्पर्धीले ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको संयोजक रामहरि अधिकारीले जनाएका छन् । (सौस)

प्रतिक्रिया