विभिन्न घटनामा चारको मृत्यु

काठमाडौं, २४ भदौं । प्यठान, धनुषा, सल्यान र भोजपुरमा चार जनाको शव फेला परेको छ ।
प्युठानको खलंगा–८, थापाडाँडा बस्ने ५० वर्षीय हरिबहादुर भण्डारी आज मृत्त फेला परेका छन् । उनी घर नजिकै बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन ।
उता, धनुषामा पनि उखुबारीमा एकमहिलाको शवफेला परेको छ । ढल्केवगर–७ स्थित ऊखुबारीमा नाम, थर, वतन नखुलेकी महिलाको शव सडीगलेको अवस्थामा गएराति फेला पारेको हो ।
यता, भोजपुरको अत्रपूर्ण–५ स्थित विखुवा खोलामा अन्नपूर्ण–६ बस्ने ३२ वर्षीया मीरा राईको शव फेला परेको छ ।
पानी खाने क्रममा चिप्लिई खोलाले बगाएर बेपत्ता भएकी उनको खापा–३ स्थित विसुवा खोलामा आज शव फेला परेको थियो ।
यसैवीच, सल्यानको देवस्थान–४ खहरे बस्ने ३५ वर्षीय देवबहादुर बस्नेत भिरबाट लडेर मृत्यु भएको छ । शनिबार जुवा काट्न जंगल गएका उनको खहरे खोलाको भिरबाट लडेर मृत्यु भएको थियो । उनको शव आज विहान फेला परेको हो ।

प्रतिक्रिया