विद्यार्थी बोकेको बस दुर्घटना

काभ्रे, १९ भाद्र । काभ्रे जिल्लामा विद्यार्थी बोकेर विद्यालय आउँदै गरेको बस पल्टिदा बसका सहयोगीको घटनास्थलमै मृत्यु भएको छ ।
काभ्रेको टुकुचा नाला गाविसमा रहेको उग्रचण्डी बोर्डिङ्ग स्कुलको बस आज विहान विद्यार्थी लिन जाने क्रममा झक्तपुर जिल्लाको सीमाना नजिकै टुकचानाला–३, अमलडोलमा सडक छेउको डिल भासिएर पल्टिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख धनबहादुर श्रेष्ठका अनुसार बस पल्टिदा च्यापिएर सहयोगी उग्रचण्डीनाला–१, भण्डारी गाउँका १६ वर्षीय करङ श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा बसमा रहेका केही विद्यार्थी घाइते भएका छन् । घाइते विद्यार्थीको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।
सडकको भित्तामा वालुवा रहेकाले चालकले बसलाई छेउबाट अगाडी बढाउने क्रममा डिल भासिन गई दुर्घटना हुन पुगेको प्रहरीले जानकारी दिएको छ । बसका चालक फरार छन् ।

प्रतिक्रिया