उपचारका क्रममा कैदीको मृत्यु

कपिलवस्तु, १७ भदौ । कपिलवस्तु जिल्ला कारागारमा सजाय भोगी रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।
गत कार्तिक–१८ गतेदेखि कर्तव्य ज्यान मुद्धामा सजाय भोगी रहेका बहादुरगंज–१ बस्ने ५० बर्षीय बुसारथ हरिजनको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी जन्डीस र रुघा खोकीको बिरामी थिए । विरामी हरिजनलाई उपचारका लागि जिल्ला अस्पताल तौलीहवामा भर्ना गरिएको थियो ।

प्रतिक्रिया