केशवको महत्त्वपूर्ण जित

इस्तानबुल : टर्कीमा जारी ४०औँ चेस ओलम्पियाडमा नेपालका केशव श्रेष्ठले महत्त्वपूर्ण जित हात पारेका छन् । केशवले न्युजिल्यान्डका
अन्तर्राष्ट्रिय पल गम्बटलाई पराजित गरे । नेपाल आफूभन्दा माथिल्लो तहको टोली न्युजिल्यान्डसँग १.५–२.५ ले पराजित भयो । दीर्घराज जोशीले चौथो बोर्डमा ली झाओलुक (२२२७) सँग बराबरी गरे । मनीष हमाल आइएम डेभ रेसल (२३३४) सँग पराजित भए भने एफएम सइदमान माइकल (२२३७) ले प्रचण्डमान मालाकारलाई पराजित गरे । नेपालले तेस्रो चरणको खेलमा प्यालेस्टाइनसँग खेल्नेछ ।
दोस्रो चरणमा भारतले टर्कीलाई ३–१ ले पराजित गर्‍यो । भारतका शशिकिरण कृष्णन र अभिजित गुप्ताले जित हात पारे भने परिमार्जन नेगी र जिता नारायन गोपाल बराबरीमा रोकिए । दोस्रो चरणमा अर्मेनियाले बंगलादेशलाई ४–० ले पराजित गर्‍यो । पहिलो अप्रत्याशित हार व्यहोर्ने खेलाडीमा युक्रेनका भासिली इभानचुक रहे । दोसो चरणमा इभानचुक (२७६९) लाई कतारका जिएम मोहम्मद अल मार्दियाखी (२५४२) ले पराजित गरे । यस प्रतियोगितामा सहभागीमध्ये शीर्ष वरीयताका खेलाडी अर्मेनियाका आरोनियन लेभनले भने पहिलो खेलमा सहभागिता जनाएका थिएनन् । विश्वच्याम्पियनसिपका च्यालेन्जर इजरायलका बोरिस गेलफान्द र पूर्वशीर्ष वरीयताका खेलाडी भेसेलिन टोपोलोभ पनि पहिलो चरणमा खेलेनन् । (एजेन्सी

प्रतिक्रिया