आरोपमा कुटपिट

रौतहट : कनकपुरमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ । कनकपुर–६ की ३७ वर्षीया तितरीदेवी कुशवाहलाई निर्घात कुटपिट गरिएको हो । कुटपिटबाट घाइते कुशवाहको पाठेघर र टाउकोमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताए ।
स्थानीय हरि महतो, श्रीचन्द्र कुशवाह, गीतादेवी कुशवाह, सुमित्रादेवी कुशवाहलगायतले गाउँकै रन्जु कुशवाहालाई टुनामुना गरेको आरोप लगाउँदै कुटपिट गरेका हुन् ।
यसअघि पनि बोक्सी आरोप लगाउँदै दुव्र्यवहार गरेपछि प्रहरी चौकी पोखरभिन्डामा निवेदन दिएको र गाउँमै आइन्दा दुव्र्यवहार नगर्ने सहमति गरे पनि उनीहरूले बारम्बार दुव्र्यवहार गरेको पीडितका पति तुलसी महतो कुशवाहले बताए । घाइतेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । (सौस)

प्रतिक्रिया