एसिड छर्कदा १६ जना घाईते

काभ्रे, १३ भदौ । काभ्रे जिल्लामा बाटोको विषयलाई लिएर विवाद हुँदा स्थानीय सुरेश बजगाईंले एसिड छर्ककेर आज १६ जनालाई घाईत बनाएका छन् ।
बाटोको बिषयमा विवाद भएपछि अकस्मात एसिड छर्कदा उनीहरु घाइते भएका हुन् । एसिड छर्कने नयाँगाउँ–७ बस्ने १९ बर्षीय बजगाईंलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बाटोको विषयमा बयरबोट भन्ने स्थानमा रहेको डेरीमा छलफल भइरहेका समय बादविबाद भएपछि बजगाईंले विहान सवा एघार बजे एक्कासी एसिड छर्की दिंदा १६ जना घाईते भएका थिए ।
घाइते मध्ये ८ जनालाई धुलिखेल अस्पताल र ८ जनालाई ललितपुरको वि.एण्ड वि. अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया