सालको काठ सहित आठ जना पक्राउ

दाङ, १२ भदौ । दाङमा जिल्ला वन कार्यालयले अवैध सालको काठ सहित आज जना तस्करलाई पक्राउ गरेको छ ।
वनको गस्तीटोलीले काठ ढुवानी गरेको जीप सहित आठ जनालाई पक्राउ गरेको हो । घोराही—सुर्खेत सडकखण्ड अन्तर्गत तुल्सीपुरको दुधेनाबाट आज विहान एक बजे ७३ क्यूविक फिट साल सहित उनीहरु पक्राउ परेका हुन् ।
रा १ ज १९२ नम्वरको जीप काठ राखेर लैजादै गरेको अवस्थामा पक्राउ गरिएको वन कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा जीप चालक सल्यानका बिनोद बुढाथोकी, दाङ धनौरी—९, ढोडेनीका कृष्ण चौधरी, नवीन चौधरी, मोहन चौधरी र मणिराम चौधरी, पञ्चकुले—३, कटकुइयाका ललित रोकाय र सुशील खडका र पञ्चकुले–३, सुनपुरका केशव वली छन् । सौर्य

प्रतिक्रिया