सर्जन, सञ्जु, सोम र अनुप अन्तिम आठमा

काठमाडौं, ८  भदौ । जुम्लाका सर्जन परियार, दाङका सञ्जु पुन, मकवानपुरका सोम लामा र बोसिगाउँ ‘ए’ का अनुप महर्जन प्रथम नोबिस कप राष्ट्रव्यापी खुला पुरुष बक्सिङ प्रतियोगिताको ४४ केजी स्पर्धाको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । १५ देखि १८ वर्षमुनिको समूहमा यी खेलाडी क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको ४६ केजीमा झापा ‘बी’ का सन्दीप तामाङ, झापा ‘ए’ का राजेश हेमरन, नवलपरासी ‘ए’ का किरण विक र भक्तपुरका सुमन बटी क्वार्टरफाइनलमा प्रवेश गरे । ४८ केजीमा बोसिगाउँ ‘ए’ का विक्सन महर्जन, सुनसरीका सन्तोष राई, नवलपरासी ‘ए’ का अमृत विक तथा सिरुटारका अमित कुइँकेल क्वार्टरफाइनलमा प्रवेश गरे । ५० केजीमा बाँकेका यज्ञराज चौधरी, काठमाडौंका सञ्जय भुजेल, मकवानपुरका सुसन मानन्धर र टिएनकेका राजन महर्जन क्वार्टरफाइनलमा पुगे ।
५२ केजीमा भक्तपुरका लक्ष्मण लोहला, सुनसरीका निर्मल इजाम, उदयपुरका दीपक मगर र दाङका हिमाल गुरुङ क्वार्टरफाइनलमा प्रवेश गरे । ५४ केजीमा जुम्लाका कलन रावल, दाङका अर्जुन नेपाली, सुनसरीका प्रदीप राई र काठमाडौंका विष्णु बुढामगर अन्तिम आठमा प्रवेश गरे ।

प्रतिक्रिया