अत्याधिक रक्तश्रावले सुत्केरीको मृत्यु

जाजरकोट, ६ भदौ । अत्याधिक रक्तश्राव हुँदा जाजरकोटमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
उपचारका लागि रुकुमको चौरजहारी मिशन अस्पतालमा भर्ना भएकी झाप्रा गाविस वडा नम्वर–१ की ४० वर्षीया दीपा कार्कीको मंगलबार साँझ मृत्यु भएको आफन्तले बताएका छन् ।
सुत्केरी भएदेखि रक्तश्राव नरोकिएर बिरामी परेकी कार्कीलाई नेपाली सेनाको बीरदल गणका अमलदार रमेश खड्डा र जवान ठाकुरसिंह तामाङले गएको साउन–२९ गते रगत उपलब्ध गराएका थिए ।
वैशाख सात गते सुत्केरी भएकी कार्कीको रक्तश्राब नरोकिए पछि मृत्यु भएको अस्पतालले जनाएको छ । उचित स्याहार सुसार र स्वास्थ्य उपचारको अभावमा जाजरकोटमा वर्सेनी सुत्केरी महिलाहरुको अकालमा ज्यान जाने क्रम बढेको छ ।

प्रतिक्रिया