धारिलो हतियार प्रहारबाट बृद्धाको हत्या

रौतहट, ६ भदौ । रौतहटको जयनगर–७ मा घरमा सुतिरहेको अवस्थामा आज विहान एक वृद्धाको घाँटी काटेर हत्या भएको छ ।
हत्या हुनेमा ६० वर्षीया वृद्धा रहीमा खातुन रहेकी छन् । स्थाई घर रौतहटको लौकाहा–४, पोखरिया टोल बस्ने शेख ताहिद महम्दकी पत्नी खातुन केही दिन देखि जयनगर–७ मा रहेको जग्गा रेखदेख गर्न बस्दै आएकी थिईन ।
सुतिरहेका समयमा उनलाई धारिलो हतियारले आज विहान घाँटी काटेर हत्या गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
मृतक रहीमाका छोराछोरी छैनन् । उनले आफ्नै भाईका छोरा शेख सेराजलाई आफू सँगै राखेकी थिईन ।
घरको भित्तामा फेडेर तीन जनाको समूह भित्र प्रवेश गरी धारिलो उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शेखलाल महम्दलाई राजपुर फरहदवाबाट पक्राउ गरेको छ । घटनामा संलग्न थप एक जना भारतीय नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
केही दिन अघि रौतहट जिल्लामा सम्पत्ति विवादकै कारण अकोलवा–८, बलुवा टोलमा गफार दम्पत्तिको पनि आफन्तद्वारा नै हत्या भएको थियो । (तस्विर गुगल)

प्रतिक्रिया