फेडेरर पाँचौपटक च्याम्पियन

लन्डन, ५ भदौ । नोभाक जोकोभिकलाई सोझो सेटमा पराजित गर्दै विश्व नम्बर–१ रोजर फेडेरर पाँचौपटक सिनसिनाटी मास्टर्स टेनिसको उपाधि जितेर यो प्रतियोगिता सबैभन्दा बढीपटक जित्ने खेलाडीको कीर्तिमान बनाउन सफल भएका छन् । जोकोभिकविरुद्धको यस जितले स्विस फेडेररले आसन्न युएस ओपनका लागि आफू तयार रहेको पनि संकेत गरेका छन् ।
केही साताअघि लन्डन ओलम्पिक खेलकुदको फाइनलमा पुगे पनि एन्डी मर्रेविरुद्धको उपाधि भिडन्तमा निराशपूर्ण प्रदर्शन गरेका फेडेरर आइतबार राति भएको फाइनलमा भने खरो उत्रिए । पछिल्लो दुई वर्ष टेनिसकोर्टमा निकै प्रभाव जमाएका जोकोभिक फेडररसँग ६–० र ७–६ ले पराजित भए ।
‘पछाडि फर्केर हेर्दा अहिले प्राप्त गरेको सफलता विश्वास नै लागिरहेको छैन,’ फेडेररले भने, ‘यो साता सिनसिनाटीमा सबैभन्दा राम्रो साता हो– मेरा लागि किनभने मैले कुनै सेट नहारीकन यसपटक उपाधि जितेँँ ।’
सर्बियन जोकोभिकले गत वर्षको युएस ओपनदेखि तीन भिडन्तमा लगातार फेडेररलाई सेमिफाइनलमा हराएका थिए तर गत विम्बल्डनमा उक्त क्रम तोड्दै फेडेरर जोकोभिकलाई हराएर फाइनल मात्र पुगेनन् । त्यसपछि दुई वर्षयताको ग्रान्डस्लाम उपाधिविहीन यात्रा पनि टुंग्याउन सफल भए ।
यसअघि फेडेरर र जोकोभिकबीच सातपटक भिडन्त भएको थियो । आक्रामक रूपमा प्रस्तुत भएका फेडेररले पहिलो सेट
६–० ले जिते । सन् २००७ पछि पहिलोपटक फेडेररले कुनै पनि प्रतियोगिताको फाइनलमा विपक्षीलाई एउटा पनि गेम जित्न नदिई सेट हात पारेका हुन् ।
‘म राम्रो सुरुआत गर्न चाहन्थँे,’ फेडेररले भने, ‘तर त्यसो हुन सकेन ।’ यता जोकोभिकले आफ्नो जित्ने तीव्र इच्छाका बाबजुद त्यसमा सफल नभएको बताए । ‘म वास्तवमै यो प्रतियोगिता जित्न चाहन्थेँ,’ लन्डन ओलम्पिकपछि लगत्तै टोरन्टो गएर रोजर्सकप खेलेका जोकोभिकले भने, ‘तर मानसिक रूपमा म थकित भएँ ।’
यस हारपछि हार्डकोर्टमा जोकोभिकको १५ खेलको लगातार जित यात्रा टुंगियो । सिनसिनाटीको फाइनलमा फेडेररले कहिले पनि हार व्यहोरेका छैनन् । यस जितले फेडेररले आफ्नो मास्र्टर्स उपाधि संख्या २१ पुर्‍याउँदै स्पेनिस राफेल नाडालको नाममा रहेको सर्वाधिक मास्टर्स टेनिस उपाधिविजेताको कीर्तिमान पनि बराबरी गरे ।
यता सन् २०१२ कै आफ्नो पहिलो उपाधिका रूपमा चिनियाँ खेलाडी ना लीे महिलातर्फ विजेता बनिन् । जर्मनीकी एन्जेलिक कर्बरलाई १–६, ६–३ र ६–२ ले हराएर ना यो वर्ष चौथोपटक फाइनल पुग्ने क्रममा उपाधि जित्न सफल भएकी हुन् । केही साताअघि मात्र मन्ट्रियलको फाइनलमा पेट्रा केभिटोभासँग पराजय व्यहोरेकी ३० वर्षीया नाले यो उपाधि जितेर आसन्न युएस ओपनमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिन् ।
गत वर्षको प्रेmन्च ओपन जितेयता पहिलोपटक विजेता बनेकी नाको यो खेल जीवनकै छैटौँ उपाधि हो । महिला टेनिसमा एक समय राज गरेकी जस्टिन हेनिनलाई प्रशिक्षण गरेका कार्लोस रोड्रिगेजको प्रशिक्षणमा आएलगत्तै नालाई सफलता हात परेको हो । ‘धन्यवाद छ कार्लोस । तपार्इंले निकै राम्रो गर्नुभयो,’ भरखरै प्रशिक्षण थालेका अर्जेन्टिनी कार्लोसलाई सम्बोधन गर्दै नाले पुरस्कार वितरण समारोहमा भनिन्, ‘हामीले राम्रो सुरुआत गर्‍यौँ ।’ एजेन्सी

प्रतिक्रिया