गोरु काटेर मासु खाने पक्राउ

इलाम, ४ भदौ । अर्काको गोरु चोरेर काटी खाएको आरोपमा इलाम नगरपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।
बरबोटे–१ का पदम पोखरेलको गोरु चोरेर काटी खाएको आरोपमा प्रहरीले नगरपालिका–९ गडीका का प्रेम अधिकारीलाई पक्राउ गरेको हो ।
अधिकारीलाई घरैबाट आज प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनीमाथि चोरी र गौकट सम्बन्धी मद्धा लगाईने गरिने प्रहरीको भनाई छ ।
उनीसँगै चोरीको आरोप लागेका सोही ठाउँका दलबहादुर राई र लालबहादुर राई भने फरार रहेका छन् ।
उनीहरुले भदौ–२ गते राति पोखरेलको गोठबाट गोरु लगेका थिए । त्यसपछि काटेर खाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया